Breaking

सुन प्रकरणमा पस्यो सिआईबी, प्रचण्डको भर परेकाहरु त्रसित, नारायणकाजीमाथि आफ्नै नेता समात्ने दबाव


काठमाडौँ — त्रिभुवन अन्तराष्ट्रीय विमास्थलबाट एकसय किलो सुन समातिएको झण्डै ३ हप्ता वित्यो । तर अहिलेसम्म मालिक को भन्ने पत्तो लागेको छैन् । यसले अनुसन्धान भरीयामै सिमीत भएर यसै सामसुमत हुनेत हैन भन्ने आशंका पैदा भएको छ । मुलत यसअघिका सुनकाण्ड पनि राजनीतिक दलका नेता तर्फ मोडिएपछि यसै सेलाएको थियो । अहिले सुन तस्करीमा संलग्न व्यक्तिसँग नेताहरुको हिमचिम खुल्नथालेपनि एक क्विन्टल सुनको अनुसन्धानपनि टालटलुमै सकिने हो कि भन्ने सन्देह सुरु भएको छ ।

हङकङबाट विमान मार्फत सोझै त्रिभुवन विमानस्थलमा झारिएको करिब एक सय किलो सुन प्रकरण अझै टुङगोमा पुगेको छैन । तस्करहरुले सेटिङ मिलाएर भन्सार पास गरी गोदामतर्फ हुइक्कयाउँदै गर्दा ३ हप्ताअघि पक्राउ परेको एक क्विन्टल सुनका मालिक अझै पर्दा पछाडीछन् ।

बाहीर जे जति हल्ला भएकाछन् अहिलेसम्म आशंका मात्रै हो, स्वतन्त्र पुष्टि भएको छैन। सुनका मालिक व्यापारी राकेश अडुकिया भएको सम्म आशंका गरेर विभागले उनको निवासमा छापानै मा¥यो, तर अडुकिया फेला परेनन् । शंकाको सुई अडुकिया तर्फ सोझिरहेका बेला चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउसँगै सुनको कोर्ष फेरिएको छ । दावाको पक्राउसँगै राजनीतिक ‘कनेक्सन’को विषय पनि चर्चामा छ। छिरिङ तिनै व्यक्ति हुन् जसको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनदेखि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलगायतका नेताहरूसँग उठबस रहेको सार्वजनिक भइसकेको छ ।


यध्यपी त्यो सम्वन्ध र यो सुनको साईनो जोडिएको छ या छैन, प्रस्टभईसकेको छैन । तर यसले राजनीतिक वृतमा ठूलै हलचल ल्याएको छ । सुनमा राजनीतिङ रङ देखिन थालेपछि कतै सुन, लसुन त हुने हैन भन्ने आशंका सुरु भएको छ । यता विगत देखिनै विवादीत छवि भएका दावासंगको तस्विर बाहीरीएपछि विवाद खेपेका माओवादी नेता वर्षामान पुनले तेरो मेरो नभनी छानविन हुनु पर्ने माग गरेकाछन् ।

प्रचण्डसरकार आफैले खोलेको फायरले आफ्नै नेता कार्यकर्तामाथि निसाना लाग्ने देखेपछि व्याक सरेको एमालेको आरोप छ । धमाधम माओवादी नेताको सुन प्रकरणमा नेक्सेस देखिन थालेपछि एमालेले सडक र सदन दूबै तताएको छ । शनिवारमात्रै एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।युवासंघका कार्यकर्ताले सुन तस्करलाई पक्राउ गर भन्दै प्रधानमन्त्री लगायत माओवादी नेताहरूको सुन नै सुनले ढाकिएको तस्बिर बोकेर विरोध गरेका थिए ।

सुनको अनुसन्धाननै कसले गर्नेे भन्नेमा नोकझोक गरेका प्रधानमन्त्री र गृहमन्त्रीबीचको रस्साकसी पछि अन्तत सिआइवीलाई दिने सहमति भएको छ । तर सिआईवीले आधिकारीक रुपमा पत्र पाईसकेको छैन । अरु पनि भ्रष्टचारको ठूला फाईल टेबुलमा छन् । आवश्यक परे जुन सुकै बेला खोल्छु भनेर प्रतिपक्ष धम्क्याउँदै हिडेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिलेको सुन काण्ड छिचोल्न फलामको चिउरा चपाउनु सरह देखिन्छ ।

उनले आफ्नो विश्वास पात्र मानेकाहरुनै सुनप्रकरणमा जोडिएकाले प्रचण्ड स्वयम संकटमा छन् । उनले पहिला सुनको टुङगो लगाउन वर्षामान, नन्दबहादुर , देखि कृष्णबहादुर महारा बाबु छोरासम्मलाई अनुसन्धानको दायरामा ल्याउनु पर्छ । हैन भने फेरि यो पनि फेरि साढे ३३ किलो सुन जस्तो मचियो मचियो थचियो नहोला भन्न सकिन्न् ।

विगतको साढे ३३ किलो सुन प्रकरणमा पनि राजनीतिक कनेक्सन देखिन थालेपछि अनुसन्धान रोकियएको थियो । राजनीतिक रुपमा तीन ठूला दलका शिर्षतनेताहरु शेरवहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डकै इसारामा यस्ता विषयहरु यसै सामसुम हुने गरेको आरोप छ । सुन तस्करीमा खुङकार मानिएका भरीयाका नाईके गोरे जोडिएको विषयमा राजनीतिक व्यक्तिको संलग्नता देखिएपछि त्यो मुद्धा गोरेमै सिमित भयो । तर गोरे जेल परे पनि सुन तस्करी घटेको छैन । रेडि टे«डर्सले ३३ पटक सुन भित्र्याएको तथ्यले पनि तस्करी थप मौलाएको लख काट्न मुस्किल छैन ।