Breaking

सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेसहित शीर्ष नेता पुनः छलफलमा


काठमाडौँ — सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्माओली लगायतको शीर्ष नेताहरु सहभागी छन् ।

यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन । सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।