Breaking

संसद् चल्ने वातावरण बन्दैछः देउवा


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् चल्ने वातावरण निर्माण भइरहेको बताएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रमुख शीर्ष नेताहरुसँगको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद् सुचारु गर्नका लागि वातावरण निर्माण भइरहेको बताएका हुन् ।

बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति देउवा र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहभागी थिए । तीन शीर्ष नेताहरुसँग सभामुख घिमिरेले गरेको छलफल आज पनि निष्कर्ष विहीन बनेको छ । एमालेको अवरोधका कारण लामो समयदेखि संसद् बैठक बस्न सकिरहेको छैन ।