Breaking

शीर्ष नेताको बैठकमा भएन सहमति,पुनःअर्को बैठक बस्दै


काठमाडौँ — सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । दिउँसो १२ बजेदेखि सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः चार बजे अर्को बैठक बसेर सहमति जुटाउने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार ४ बजे बानेश्वरमा बस्ने बैठकमा सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले चार बजेलाई सूचना टाँसेर सारिएको छ ।