Breaking

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ – प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे डाकिएको छ ।

सोमबारको बैठक नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वमा परेको जानकारी सभामुख देवराज घिमिरेले गराउने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।

साथै बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।