Breaking

रास्वपाको ओरालो यात्रा, ८४ मा प्रधानमन्त्री बन्छु भन्ने रवि चितवनमै केन्द्रीत, स्टन्डबाजीले आफैं सक्किँदै


काठमाडौँ — ठुला र पुराना पार्टीहरुले सिर्जेको राजनीतिक दुष्चक्रको विरोध गरेरै राष्ट्रिय राजनीतिमा रास्वपाको उदय भयो । जनमतमार्फत सदनको चौथो शक्ति बन्न सफल भयो । तर सदन र सडकमा उठिरहेका जनजीविका र राष्ट्रिय मद्धाका सवाफमा रास्वपाको दोेहोरो चरित्र देखिएको भनेर आलोचना सुरु भएको छ । पार्टी नेताहरुको एकपछि अर्को शृङखलावद्ध विवास्पद अभिव्यक्ति र राजनीतिक गतिविधिले रास्वपा र सभापति रवि लामिछाने निरन्तर आलोचित बनिरहेका छन् ।

नाम होस् या बदनाम तर गुमनाम नहोस् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको एकपछि अर्को कदम ठ्याक्कै यो कथन केन्द्रित छ । नयाँ पार्टी नयाँ नेता भएकाले नजानेर हो या नयाँ केहि गरेरै छाड्छु भन्ने पार्टीहरुको नीति नै यस्तै हुने हो विश्लेषण विस्तारै होला । तर तत्काल रास्वपाले अघि सारेका कतिपय विषयहरु विवादरहित बन्न सकेन ।

चितवन क्षेत्र नं. २ मा भएको उपचुनावबाट ५४ हजार बढी मत पाएका सभापति लामिछानेले महिलाहरुका लागि मात्र नि.शुल्क ब्लू बसको सुरुवात गरेपछि अनेक टिकाटिप्पणी जारी नै छ । २०७५–७६ को श्रमिक सर्वेक्षण अनुसार झन्डै १० लाख मानिस वेरोजगार छन । वेरोजगारको वार्षिक वृद्धिदर ५ दशमलव १० प्रतिशत छ । रोजगारी नपाएर दैनिक १५ सय बढी व्यक्ति वैदेशिक रोजगारीकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिरहेका छन् ।

त्यो पनि केही हजार कमाउनका लागि लाखौँ रुपैया तिरेर । तर रास्वपा सभापति लामिछानेले भने देशमा रहेकालाई रोक्न होइन, सस्तो लोकप्रियताकै लागि विदेशमा रहेकालाई स्वदेश फर्काउने डम्फू फूकिरहेका छन् । त्यो पनि नि.शुल्क टिकटको व्यवस्था गरेर । सभापति लामिछानेको सय दिन र सय कामको आलोचना ओहिरीरहेकै बोला रास्वपाले सार्वजनिक गरेको केन्द्रीय विभागका पदाधिकारी, सदस्य एवं प्रदेश विभाग प्रमुख बन्ने मापदण्ड पनि विवादरहित बन्न सकेन ।

रास्वपाले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने योग्यता तोकेको छ । स्नातकोत्तर उतीर्ण हुनुपर्ने, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकिएसँगै रास्वपा अर्को विवादमा तानिएको हो । प्रदेशका लागि स्नातक उर्तीण, पालिकाका लागि कक्षा १२ उर्तीण शैक्षिक योग्यता अनुभव नै तोकिदिएको छ भने अर्को असाधारण क्षमताका आधारमा पनि रास्वपामा पद पाउने छन ।

रास्वपाले सभापति लामिछानेलाई अटाउनका लागि अनुभव र असाधारण प्रतिभा उल्लेख गरेको हुनुपर्छ । अथवा नेतृत्वलाई मन परे असाधारण प्रतिभा र अनुभव देखाएर जो सुकैलाई जुनसुकै पद दिन सक्ने त्यो वाक्यांसले पुष्टि गर्छ । पहिलो चुनावमा चौथो शक्ति बनेको रास्वपा मिसन ८४ नै चलाएर ठुलो शक्ति बन्ने रणनीतिमा छ ।

सभापति लामिछानेको नजर प्रधानमन्त्री पदमा केन्द्रीत छ । सबैभन्दा धेरै समय आफ्नै विवादास्पद अभिव्यक्ति र केही पर्चारबाजी कदमले बितिरहेको छ । जनजीविकाका सवालमा स्पष्ट नदेखिएका उनी जसरी हुन्छ चर्चाकै लागि अनेक पर्चारबाजी अभियानमा रमाईरहेका छन् ।