Breaking

शेखरलाई गगनले छाड्ने डर, देउवाका नेताहरु नयाँ गुटको खोजीमा, किन आक्रामक भए विश्वप्रकाश ?


काठमाडौँ — संस्थापन र ईतर भएर छुट्टिएको कांग्रेसको प्रष्ट दुई धुव्रको परम्परा तोड्दै यतिवेला नयाँ धुव्रीकरण देखिन थालेको आशंका उब्जिएको छ । त्यसमा पनि रुपान्तरण र यथास्थितीवादीविचको फरक देखिने आशा रहदाँ गाली खाने र चुप बस्नुपर्ने अवस्थामा गगन पुग्दा अरु भने वाणिविलासमै व्यस्त छन । जहाँ कतै गगनको उद्य खतरापूर्ण त छैन भन्ने डरमा गुटमै देखिएको छिनभिन्न र स्वार्थ साध्ने वातावरण निर्माणको चलखेल बढ्दा उनीहरु वर्तमान फाईदा मै व्यस्त देखिएका हुन ।

केन्द्रीय समिति वैठक लाईभसंगै वाहिर आएको पुन्तान्तरण र रुपान्तरणहरुको कांग्रेसको वास्तविकता वाहिर आउदाँ दृश्य समेत फरक रुपमा विकास हुन थालेको छ । जहाँ महामन्त्रीहरु नयाँ गुट निर्माणमा लागेको खवर समेत झुट देखिएको छ भने शेखर कोईराला गुट आ–आफ्नै बाटोमा हिड्न थालेको प्रष्ट छ । यसैको उदाहरण महामन्त्री विश्वप्रकाश शर्मा गगन थापालाई उचाल्ने तर साथ नदिएको आलोचनाको शिकार हुदाँ उनी त्यसको प्रष्टिकरण दिदै हिड्न थालेका छन ।

अर्कातर्फ चुप बसेका गगन आफू एक्लो परेको मुद्धा नै मुलधारको एजेण्डा बन्ने आशामा रहदाँ विश्वप्रकाश प्रतिपक्षीविरुद्ध चर्को सुनिन थालेका हुन । उनको उदेश्य नै गगनलाई तत्काललाई असम्भव देखिएको संसदीय दलको नेतृत्वमै झुलाउने र आफू पार्टीको नेतृत्वमा पुग्ने रहेको एकाथरीको विश्लेषणविच उनको यो स्वर संस्थापनको पनि देउवाकै जस्तो सुनिन थालेको हो । पार्टीमा देउवाविरुद्ध आवाज उठाएपनि वैठकमा प्रखर सुनिन नसकेको आरोप खेपेको उनले त्यसको रिस एमालेका दोश्रो तहका नेताहरुलाई गाली गरेर पूर्ती गरिरहेका छन । यता गुट चलाएर पनि तत्काललाई वरिष्ठ नेताको कुर्सी र भविष्यमा पार्टीको नेतृत्वका लागि लोभिएकै आक्षेप खेपेका डा.शेखर कोईराला समेत प्रष्टिकरण दिदै हिडिरहेका छन ।

राजनीतिक रुपमा सरकारलाई नै प्रहार गरिरहेका उनी अहिले आफ्नो गुट जोगाउने र देउवा फकाउने रणनितिमा देखिन्छन । फलत ः थापामाथि केन्द्रीय समितिमा सभापति देउवा समूहले गरेको ’घेराबन्दी’ मा शेखर ’मौन’ बसिदिएको आरोप उक्त समूहभित्रैबाट खाईरहेका उनले सभापतिले बोलाएका बेला मात्रै आफू भेट्न गएको र भेट्न आउँछु भनेर आफूले समय लिएर सभापति देउवालाई नभेटेको प्रष्टिकरण दिएका छन । आफ्नो रणनितिलाई गाली गर्ने स्वभाव नभएको लेपनले छोपेका उनले संस्थापनइतर समूहमा फाटो ल्याउन यस्ता कुरा आइरहेको आरोप लगाएका छन ।

हुन त कांग्रेसमा समूह समीकरण बदलिनु नयाँ होइन । आफ्ना फाईदाका लागि गगनले नै बारम्बार यसको अभ्यास गरेका छन् । विश्वप्रकाश शर्मासमेत गगन वोकेर पार्टी नेतृत्वको तयारी गरिरहेको एकाथरीको विश्लेषण छ । जहाँ यतिवेला कांग्रेसमा नयाँ धुव्रीकरण देखिन थालेको आशंका उब्जिएकावेला देउवाका निर्णयविरुद्ध खरो उत्रन सकेका शेखरको कदम प्रश्नको घेरामा छ ।

सार्वजनिक रूपमा शेखरले त्यस्तो सानिध्यलाई इन्कार गरे पनि देउवासँग शेखरको निकटताले कांग्रेस वृत्तमा नयाँ तरंग सिर्जना गर्दै छ । अर्कातर्फ कांग्रेसका दोस्रो तहका नेताले गगनलाई अहिले नै सर्वस्वीकार्य नेताका रूपमा अपनत्व लिन चाहिरहेको छैन भने मन्त्री भएकै भरमा देउवाको महिमा गान गाउनेहरु शेखरपक्षिय नेताहरु समेत छन । महामन्त्रीद्वयलाई रोक्न उनीहरू भरमग्दुर कोसिस गरिरहेका वेला विश्वप्रकाश नै फरक सुनिन थालेको अवस्थाले दुवै कहि नपुग्ने त हैनन् भन्ने समेत देखिन थालेको हो । यता राजनीतिक विश्लेषक विश्व सिंग्देल भने जनताले चाहेको कांग्रेसको नेतृत्व शेखरले गर्न नसक्ने दावी गर्छन । यद्यपी आफ्नो उपस्थिती प्रमाणित गर्न नसकेको वर्तमान हालतमा महामन्त्रीहरु समेत आफूलाई करेक्सन गनुपर्ने उनको सुझाव छ ।

पार्टीभित्रैबाट मात्र नभई प्रतिपक्षीबाट समेत प्रहार खेपिरहेका गगन नयाँ राजनीतिक शत्तिको समेत वढि मारमा पर्ने खतरामा छन । फलत ः रुपान्तरणका लागि उनलाई उनकै वढि हुटहुटि देखिदाँ अरुले यो केवल उनको स्वार्थको मुद्धाका रुपमा मात्र बुझेका छन । जसमा उनलाई अलमलाउन सकिने आशामा रहेका मध्ये केहि सहयोग गर्ने नाउमा दह्रो राजनीतिक छलाङ मार्ने दाउमा छन । एकाथरी त देउवालाई फकाएर तर मार्ने भन्दा माथिल्लो सोचाईमा छैनन् । यहि स्वार्थका जन्जालमा एकाढिक्का भएर प्रहार गर्ने आशा गरिएको गुटमै देखिएको छिनभिन्नको अवस्थाले भने कांग्रेसको रसातलको यात्राको संकेत गरिरहेको छ ।