Breaking

आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच धकेलाधकेल


काठमाडौँ– काठमाडौंको बिजुलीबजारमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेकोमा प्रहरीसँग धकेलाधकेल भएको हो ।सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो। निक्षेपको सावा तथा ब्याजअविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आ न्दोलन गरिरहेका छन्। फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्कागर्न पनि उनीहरूले माग गरेका छन् ।