Breaking

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटे


काठमाडौँ– ललिता निवास जग्गा प्रकरण पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन् । समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेका हुन् । पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएको र खेतानले जग्गा फिर्ता गर्न तयार भएपछि हाजिर जमानीमा छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सरकारी जग्गा हडप्ने प्रक्रियामा खेतानको भूमिका नदेखिएको भन्दै सिआइबीले उनलाई छाडेको हो ।

उनको नाममा झन्डै ८ आना जग्गा छ । दुई जना छुटेपछि अब सिआइबीको हिरासतमा २० जना छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्की सिआइबीको हिरासतमा छन् ।