Breaking

महिलाका लागि छुट्टै बस सञ्चालन गरेर रविले सस्तो लोकप्रियता कमाउन खोजे : शंकर पोखरेल


काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाहरूका लागि छुट्टै बस सञ्चालन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सस्तो लोकप्रियता कमाउन खोजेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ का महिलाहरुका लागि ‘ब्लू बस’ बुधबारदेखि सञ्चालनमा ल्याएपछि फरक फरक टिप्पणी आइरहेका बेला महासचिव पोखरेलले लामिछानेको उक्त कदमको आलोचना गरेका हुन् ।

उनले विश्वका कयौँ मुलुकमा महिलाहरु बन्द समाजमा जकडिइरहँदा नेपालमा भने अपवादबाहेक सुरूदेखि नै स्वतन्त्र रहेको बताउँदै नेपालमा छुट्टै बस चलाएर गलत सन्देश दिन खोजिएको टिप्पणी गरेका हुन् ।

उनले चितवन जस्तो सचेत ठाउँबाट सस्तो लोकप्रियता भन्दा नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गर्नुपर्ने बताएका छन्।