Breaking

रास्वपाले बझाङ र रूपन्देही घटनाबारे छलफल गर्ने, को को पर्लान् कारबाहीमा ?


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केही नेता तथा कार्यकर्तालाई कारबाही गर्ने तयारी गरेको छ ।

आज केन्द्रीय समितिको बैठक राखेर रास्वपाले अनुशासन एवं आचरणविपरीत काम गर्ने नेतारकार्यकर्तालाई कारबाही गर्ने भएको हो । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार आज अपराह्न ४ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्नेछ ।

यही साउन ८ गते बझाङमा होटल होलिडे इनका सञ्चालकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बझाङ जिल्ला संयोजक नगेन्द्र खड्काको निर्देशनमा नेपाल पत्रकार महासंघ बझाङ शाखाका सदस्यसमेत रहेका पत्रकार सुनिल मण्डेललाई अपहरण गरी कुटपिट गरेका थिए ।

यस्तै गत असार २८ गते रुपन्देहीमा रास्वपाका दुई गुटमा विभाजित कार्यकर्ताहरूबीच पार्टीको सैनामैना नगर समितिको कार्यालयमै कुटाकुट भएको थियो ।