Breaking

एमालेले आज राष्ट्रिय सभाको बैठक चल्न नदिने


काठमाडौँ – बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएको छ ।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो । एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले बैठक चल्न नदिने जानकारी दिए । यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उनले बताए ।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ ।