Breaking

माओवादीको बिरासत फर्काउँदै प्रचण्ड, बाबुराम र विप्लव भित्रँदै, जनार्दनले गरे प्रचण्डको तारिफ


काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको चौथो वैठक काठमाडौंमा सुरु भएको छ । वैठकको पहिलो दिन माओवादी केन्द्रले विधान संशोधन प्रस्ताव पारित गरेको छ भने अब पार्टी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन् । यस्तै विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने लक्ष माओवादी केन्द्रको छ ।

पार्टीको जनाधार बढ्यो या घट्यो भन्ने विश्लेषण समानुपातिक मतको आधारमा गर्ने गरिन्छ । यो पटकको प्रतिनिधिसभा चुनावमा प्रत्यक्षमा जस्तै समानुपातिकतर्फ पनि तेस्रो स्थान हाँसिल गर्न त सक्यो, तर अघिल्लो चुनावभन्दा निक्कै कम मतमा चित्त बुझाउनुपर्यो ।शान्ति प्रक्रियामा आएसँगै पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० सिट जितेको माओवादीले समानुपातिकतर्फ त्यतिबेला ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । तर त्यसलाई मााओवादी केन्द्रले जोगाईराख्न सकेन ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा माओवादीले १४ लाख ३९ हजार ७२६ अर्थात १५.२१ प्रतिशत मत पायो ।२०७४ को स्थानीय निर्वाचनमा१७.६ प्रतिशत मत पाएको माओवादीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ १३.६६ प्रतिशत मात्रै मत पाउन सफल भयो । अहिले फेरि गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा१३ प्रतिशतमा मात्रै मत पाउन सफल भएको माओवादी केन्द्रले प्रतिनिधिसभा चुनावमा झण्डै ११ प्रतिशत मतमै चित्त बुझउनुपर्यो ।

यसरी एकपछि अर्को चुनावमा लगातार जनाधार गुमाउँदै गएको माओवादी केन्द्र अहिले गठबन्धनकै भरमा चुनाव लड्नुपर्ने अवस्थामा पुगेको छ । पार्टीप्रतिको आकर्षण लगातार घट्दै गएकोमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिन्दा व्यक्त गर्छन् । उनी भन्छन्, माओवादी केन्द्र पार्टी पार्टीजस्तो भएन, पार्टी पुनर्निमाणको ऐतिहाँसिक थालनी सुरु गरिहाल्नुपर्छ ।

बुधबार सुरु भएको केन्द्रीय कमिटी वैठकमा पार्टी सुद्धिढिकरणको विषय जोडतोडले उठ्यो । माओवादीले आउँदो भदौँ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान नै चलाउने भएको छ । भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने प्रचण्डको सांगठनिक प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख छ ।वैठकको पहिलो दिन नै माओवादीले केन्द्रले केन्द्रीय समिति सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन् ।यस्तै माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने योजना पनि अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छ ।

एकपछि अर्को चुनावमा आफ्नो जनाधार गुमाउँदै गएको नेकपा (माओवादी केन्द्र) सत्ताको बागडोर सम्हालिकरहेको संसदको तेस्रो ठूलो शक्ति हो । टुटफुटको चपेटामा परेको माओवादी अहिले गठबन्धनकै आडभरोसामा आफ्नो अस्तित्व जोगाउनुपर्ने बाध्यतामा छ ।

पार्टी सुद्धिढिकरणको सवालमा नेतृत्व पंक्ति कमजोर बन्दै गर्दा माओवादी केन्दले केन्द्रीय समिति वैठक सुरु गरेको हो । यसअघि वैठकको प्रत्यक्ष प्रशारण गर्ने भनिएपनि आन्तरिक विषयलाई सार्वजनिक नगर्ने मत बलियो बन्दा अन्तिम समयमा आएर पार्टीको वैठक लाईभ हुन सकेन । गठबन्धनको सहारामा आफ्नो राजनीतिक अस्तित्व गुमाईरहेको माओवादी केन्द्र थप सुदृढ भएर अघि बढ्ने सम्भावना कति ?नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल यसो भन्छन्

विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने लक्ष पनि माओवादी केन्द्रको छ । यहि लक्ष अनुसार केही समयअघि मात्रै नेपाल समाजवादी मोर्चा घोषणा भएको छ भने मोर्चामा नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि जसपा अध्यक्ष उपेन्द्र यादवसम्म अटाएका छन् । माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगपनि पुनः एकीकृत हुन चाहिरहेको छ ।

वैठकको पहिलो दिन नै केन्द्रीय सदस्यहरुलाई पूर्वमाओवादी नेता डा भट्टराईको दस्तावेजसमेत वितरण गरिएको छ । छलफलका लागि भनेर पठाइएको डा. बाबुरामको दस्ताबेजमा अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न माओवादी नेताहरूलाई आग्रह गरिएको छ । उसो त, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले केही आशातित कदमहरु अघि बढिरहँदासमेत कार्यकर्ता पंक्ति भने नेतृत्वसँग सन्तुष्ट हुन सकिरहेको छैन । यस्तोमा केन्द्रीय कमिटी वैठकले माओवादी सुधार्ने के कस्तो सुत्र निर्माण गर्छ, त्यो हेर्न बाँकी छ ।