Breaking

हामिले हैन सरकारले रोकेको हो संसद: केपी ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद आफूहरूले नभइ सरकारले रोकेको आरोप लगाएका छन् । आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ । तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताए ।

हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन । सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं । तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो । ओलीले भने सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार गर्‍यो । सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताए । तपाईंहरुले गरिरहेको छानबिन गर्नुस् ।

तर उहाँहरू आफैं मुछिनुभएकाले निष्पक्ष छानबिनका लागि हामीले उच्चस्तरीय समिति बनाऔँ भनेका हौं ओलीले भने, सर्वसाधारणको एउटा सिक्री समात्ने सरकारले दिनकै क्विन्टलका क्विन्टल सुन तस्करलाई पठाइरहेको छ । त्यत्रो सुन नदेख्ने भए त्यहाँ भन्सार किन राख्या ? जनतालाई मात्र दुःख दिन राखेको ?