खेलकुद

भियतनामविरुद्ध ७ गोल गर्दै नेदरल्यान्ड्स समूह विजेता


काठमाडौँ — फिफा विश्वकप २०२३ अन्तर्गत नेदरल्यान्ड्स समूह ‘ई’ को विजेता बनेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा मंगलबार भियतनाममाथि ७(० गोलको जित निकालेर नेदरल्यान्ड्स समूह विजेता बनेको हो । नेदरल्यान्ड्सका लागि ब्रुगट्सले १८ र ५७ मिनेट तथा रोर्डले २३ र ८३ मिनेटमा गरी दुई दुई गोल गरे ।

यस्तै मार्टिन्सले ८, स्नोजेइजले ११ र भान डोन्कले ४५ मिनेटमा गोल थपे । जितसँगै नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्न सफल भयो । यता अमेरिकाले पोर्चुगलसँग गोलरहित बराबरी खेलेर समूहबाट उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भयो। अमेरिकाले ५ अंक जोड्यो । पोर्चुगल भने ४ अंक जोडेर आउट भयो। यसअघि भियतनाम बाहिरिसकेको थियो।