Breaking

कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनु: लिङ्देन


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न सुझाव दिएका छन । आज (मंगलबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले अलग–अलग बस्दा मात्र राप्रपा निर्णायक हुने बताए ।

उनले कांग्रेस र एमाले मिलेर सरकार चलाउनु उपयुक्त हुने बताए । उनले सरकार गठनको सवालमा राप्रपा तटस्थ बस्ने बताए । संविधानको धारा १६८ को उपधारा ५ मा जाँदा मात्र राप्रपा निर्णायक हुने बताए । ‘कोशी प्रदेशमा कांग्रेस र एमाले अलग अलग बस्दा मात्रै हामी निर्णायक हौँं । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौँ’, लिङ्देनले भने, ‘संविधानको धारा १६८ को २, ३ उपधाराहरुको प्रयोग गर्दै जाँदा ५ को उपयोग गर्ने देखिए मात्र आफूहरु निर्णायक हुन्छौं ।

लिङ्देनले सरकार बनाउन सभामुखलाई राजीनामा दिन लगाउनु उपयुक्त नहुने धारणा राखे । उनले थपे, ‘सत्ता पक्षबाट सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ उहाँहरुले । एमाले एमालेले ज्येष्ठ सदस्यलाई उपस्थित गराउँछ त ? अनुपस्थित गराउने होला । राप्रपाको ज्येष्ठ सदस्यता होला, उसले पनि अनुपस्थित गराउँला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।