काठमाडौँ — प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेको अडानका कारण सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ ।
मंगलबार पनि एमालेले संसदमा सरकारको कुरा सुन्ने तर उच्चस्तरीय समिति गठन नभए सदन अवरुद्ध पार्ने बताएको थियो । सरकार समिति गठन गर्ने पक्षमा नरहेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।


प्रतिक्रिया