Breaking

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै


काठमाडौँ – संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने जनाएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्नेमा सरकारले संविधानको उल्लंघन गरेको छ ।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ । श्रेष्ठ वरीयताक्रममा अगाडि छन् ।