Breaking

एमालेमा ओली हटाउने भित्रभित्रै कसरत, मुख खोल्न सक्दैनन् नेता, विद्यादेवीको शंकास्पद सक्रियता


काठमाडौँ — सत्ता र कम्युनिष्ट आन्दोलन एकिकृत गर्नेमा नाममा व्यस्त रहदाँ पार्टी र कार्यकताविच खाडल बढेको बताँउने एमाले अहिले संगठन सुदृढिकरणमा लागेको छ । यसले नयाँ पाउला पलाउने र एमाले नै नयाँ हुने उनीहरुका दावीका विच यहि नेतृत्वले त्यसको भार उठाउन सक्छ भन्ने प्रश्न समेत खडा भएको छ । जहाँ बोलीले नेता भएका र बोलीले नै असफल हुन थालेको र ओलीको नेतृत्वमा कम्युनिष्टहरु एकै छातामा नआउने एकाथरी विश्लेषणका विच उनको विकल्प खोज्ने विषयले समेत चर्चा पाएको हो । चोईटिएर गएका माधवकुमार नेपाल र धोका दिएर गएका पुष्पकमल दाहाल प्रचण्डलाई काखी च्याप्न नसकिने बुझाईमा पुगेको एमालेले अहिले संगठन सुदृढिकरणमा छ ।

नयाँ शक्तीहरुले समेत पेल्न थालेको तथा आफ्ना सदस्यहरुले सदस्यता नविकरण नै गर्न छोडेको अवस्थाले पिरोलिएको उसले केन्द्रस्तरका नेताहरुलाई जिल्ला जिल्लामा खटाएको छ । खियाँ लागेको नेतृत्व परिवर्तन गर्ने भन्दै वडादेखि प्रदेशसम्म अधिवेशनमा अघि बढेको एमाले अध्यक्षमा केपी ओली जोगाउन भने उमेर हद समेत हटाएर अघि बढेको छ । अर्थात जरा देखि डाँठसम्म नयाँ गर्ने उसले टाउका भने उहि व्यक्ति वोकेर हिडेर अघि बढ्ने रणनितिमा अघि बढेको विश्लेषण समेत सुरु भएको छ । यद्यपी रणनितिक रुपमा हेर्दा समेत आफैले बनाएको गठबन्धन जोगाउन नसकेपछि केन्द्र र प्रदेशसम्मै ओलीकै कारण एमाले सत्ताविहिन हुदाँ ओली ब्राण्ड समेत कमजोर बन्न थालेको छ ।

उनकै वोलीले एमालेले उचाई चुम्दा बा ब्राण्ड बनेका उनी संसद विघटन संवैधानिक थियो भनेर वोलीमा लगाम लगाउन नसक्दा सत्ताविहिन हुन पुगेका थिए । अर्कातर्फ भीम रावल जस्ता फरक विचार मत राख्नेलाई भित्तामै पुर्याउने र एमाले क्लव वा कम्पनी जस्तो बनाएको आरोप खेपेका उनको भाचिने तर नझुक्ने वानीले समेत पार्टीले घाटा व्यहोरिरहेको छ । यहि कारण कम्युनिष्ट एकताको आधार समेत नहुने र उता माओवादीले समाजवादीको मोर्चा निर्माण गर्दै अघि बढ्नाले यहि प्रतिस्पर्धाले कतै वामघटकको खम्बा बन्ने अवसर गुम्ने खतरा समेत छ ।

यहि कारण पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनितिमा हुने आवागमन कम्युनिष्टका लागि छाता हुने एमाले भित्रैकै भण्डारी गुटको तर्क रहदाँ ओली विरुद्ध वोल्ने सक्ने अवस्थामा उनीहरुपनि छैनन् । भण्डारीको पछिल्लो गतिविधि समेत समेत सक्रिय राजनितिमा आउ संकेतकै रुपमा चर्चा गरिदाँ त्यसो भए वामएकताको आधार बन्न सक्ने तर्क समेत छ । जहाँ भण्डारी पक्षधरले नेताहरुले एमालेको खस्कँदो लोकप्रियताबारे आफूहरुले अध्ययन गरिरहेको र त्यसमा नेतृत्व परिवर्तनको विषय पनि पर्न सक्ने सम्मको घुमाउरो उत्तर दिईरहेका छन ।

एमाले भित्र दशबुँदे मार्फत भित्रिएकाहरु अहिले पनि वाएकताको कुरा उठाँउदै आएका छन । जहाँ ओलीको व्यवहारका कारण त्यो सम्भव नभएको बताँउने उनीहरु यसमा असन्तुष्टि समेत जनाउन थालेका छन ।राष्ट्रिय राजनीतिका घटनाक्रममा सशक्त पहिचानधारी एमालेलाई केही समययता जे गरे पनि ’ब्याकफायर’ भइरहेको देखिन्छ । राजनीतिक लाभहानीले अनेक फाइदा हुने भन्दै हतारमा बोल्ने, निर्णय गर्ने र व्यवहार देखाउने ओलीकै रणतिनिका कारण गत पुसयतामात्रै १० ओटा विषयमा एमाले आफै पछि पर्नु परेको छ ।

४ मंसिरमा भएको निर्वाचनअघि सत्ता राजनीतिको खेलमा कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस थिए । २०६४ बाहेक २०४८ सालदेखि २०७४ सालसम्मका चुनावमा कांग्रेस–एमाले आलोपालो पहिलो तथा दोस्रो भएको दृश्यका विच पछिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा देखिएको लहर र प्रतिनिधिसभा निर्वाचन तथा उपनिर्वाचनमा नयाँ दलप्रति देखिएको उत्साहले कांग्रेससँगै एमालेलाई गम्भीर चुनौती खडा गरिदिएको छ ।

जहाँ उपनिर्वाचनमा एमाले तेश्रो स्थानमा पुगेको दृश्यको समेत एकात्मक सोच हावी गराईरहेका ओलीलै उत्तर दिनुपर्ने दवाव छ । तर ओली पक्षीय नेताहरु भने मदन भण्डारी पछि ओलीकै पालामा मात्र एमाले सहि बाटोमा हिडेको बताँउछन । फलत ः तत्काल ओलीको विकल्पमा सोच्नपनि नसकिने उनीहरुको तर्क छ ।

हुन सांगठनिक रुपमा एमाले वलियो पार्टी हो । त्यसेको वलमा आजसम्म टिकेका उसका लागि पनि गठबन्धन नगरि सुख नहुने अवस्था छ । तर तल्लो तहमा मात्र परिर्वतन खोज्ने तर केन्द्रमा पुरानै अनुहारको हालीमुहालीले नयाँसंग कतिन्जेल भिड्न सक्छ भन्ने प्रश्न अहम बनेको हो । जहाँ एमालेका अधिंकाश नेता अव ओलीको दवदवाबाट पार्टी नचल्ने महसुस गरेता पनि भिम रावल हुने डरमै मनै राखेर चुप बाध्य छन । जहाँ पदाधिकारीहरुभित्रै पनि वहस कसले छेड्ने भन्नेमा पर्ख र हेरकै अवस्था देखिन्छ ।