Breaking

गठबन्धन फोड्दै ओली, दाउ हेर्दै देउवा, सरकार ढाल्न माओवादी नेता नै कस्सिए


काठमाडौँ — एजेण्डा मिल्नेहरु एक ठाँउमा भएकै कारण हालको वाम लोकतान्त्रि गठबन्धन लामै समय टिक्ने नेताहरुको दाबीका बीच नयाँ चलखेल सुरु भएको छ । सत्ता र प्रतिपक्षी दलहरुविच विकसित घटनाक्रमले नयाँ समिकरणको संकेत गर्न थाल्दा त्यो कस्तो समिकरण बन्ने भन्ने चित्र भने बन्न सकेको छैन । तर स्थायीत्वका नाममा ठुला दल मिलेपनि वा वामएकताका नाममा धुव्रीकरण भएपनि गठबन्धन परिवर्तनको आधार भने तय हुन थालेको हो ।

कोशी प्रदेशमा सरकार निर्माणका क्रममा देखिएको गाँठो कसरी फुक्ला, त्यो पर्ख र हेरकै अवस्थामा छ । किनभने कुनै पनि दलको स्पष्ट बहुमत नपुग्दा सबैले आफ्नो पक्षमा सत्ता समीकरण पार्न चाहन्छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखपर्शुराम खापुङले दिएको समय भोलि (मंगलबार) सकिँदै छ । तर अहिलेसम्म सरकार निर्माणको स्पष्ट खाका दिन दलहरुले सकिरहेका छैनन् । अध्यक्ष राजेन्द्र लिङ्देनसँगसमेत छलफल गरेर राप्रपालाई कोशीमा सत्तारुढ दल बनाउने सत्ता गठबन्धनको प्रयास विफल हुँदा नेकपा एमालेले भने संविधानको धारा १६८ को उपधार ३ पर्खेर बसेको छ ।

एमालेले सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सरकार निर्माणको बाटो कुरेर बस्दा सत्तारुढ दलहरु भने बरु प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर भएपनि बहुमत जुटाउने ध्याउन्नमा छन् । दुबैले स्पष्ट समीकरण जुटाउन नसक्दा एमालेले गरेको सत्ता सहकार्यको प्रस्तावमा कांग्रेसका नेताहरु समेत त्यसो भए अचम्म मान्न नपर्ने बताईरहेका छन् । हुन पनि घट्दो सदस्यता,बढ्दो रणनितिक असफलता र पाँचैबर्ष सत्ताविहिन हुनुपरे नेता कार्यकर्तामा देखिने नैराश्यताले एमालेले सत्तारोहण चाहिरहेको छ ।

यता कांग्रेसभित्र पनि आगामी निर्वाचनबाट एक्लै चुनाव भिड्नुपर्ने मत बलियो बन्दै जाँदा समाजवादी मोर्चामाथि प्रश्न उठ्न थालेको छ । संस्थापन पक्षकै प्रभावशाली नेता वालकृष्ण खाँण र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहँदा यसैलाई कांग्रेस र एमालेको साझा चोट भाष्य निर्माण गर्नसमेत खोजिएको चर्चा छ । तत्काल सवै नैतिकता गुमाएर सत्ताकै लागि हाम फाल्ने आफ्नो ईच्छा नभएको र संगठन विस्तारैमै केन्द्रीत रहेको बताउने एमालेका नेताहरु कांग्रेससंग मिल्नै नहुँने पक्षमा भने छैनन् ।

माओवादीभित्र पनि कांग्रेससंगको गठबन्धन फाईदाजनक नभएको तर्क गर्नेहरुको बढोत्तरि छ । ढिलो चाडो कम्युनिष्ट धुव्रीकरणको विकल्प नभएको बताँउने उनीहरु नयाँ समिकरण बनेमा मन्त्री हुन पाईने आशामा छन । जहाँ एमालेले कांग्रेस पाए नि माओवादी पाए नी वोक्ने रणनितिमा पूग्दा यहि वेला उपयुक्त हुने उनीहरुणको तर्कका विच यहि असन्तुष्टमध्येका एक नेता वर्षमान पुन त सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने एमालेकै एजेण्डामा उभिएका छन ।

विगतका नेपाली कम्युनिष्टहरको एकतामा भूमिका खेलेको चिनिया नेताहरुको समेत आवाज जावत वाक्लो बन्दा नेपालका जानकार र नेपाल सफलता हासिल गरेका व्यक्ति चिनमा विदेश मन्त्रीबन्नुले समेत यहि वातावरण बन्दै गएको त हैन भन्ने विश्लेषण समेत सुरु भएको छ ।

यद्यपी त्यो सम्भावनाबारे वोल्नु धेरै अपरिपक्व हुने राजनीतिक विश्लेषकहरुका भनाईकाविच वाम धुव्रीकरण वा एमाले कांग्रेस जे भएपनि नयाँ समिकरणमा एमालेले गरिरहेको प्रयास र विकसित घटनाक्रमले यो गठबन्धनमाथि प्रश्न उठ्न थालेको नर्कान सकिदैन । यहि आशंकाले झस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने वर्तमान सत्ता गठबन्धन ५ बर्षसम्म टिक्ने बताउन छाडेका छैनन् । हालै सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको भन्दै उनले कांग्रेसकै सहमतिमा समाजवादी मोर्चा बनेकाले गठबन्धन ५ बर्षसम्म जानेमा कुनै शंका नगर्न भनेका छन् ।

पछिल्ला समय खुलेका फायलदेखि तस्करी अनुसन्धानमा समेत नेतृत्व मुछिएको प्रसंगले प्रधानमन्त्री प्रचण्डलाईसमेत सत्ता छोड्नुपर्ने त्रासले सताईरहेको छ । जसको संकेत उनले आफ्ना अभिव्यक्तिहरुमा दिदाँ आफ्नै नेता समातिने बाध्यता बन्दै गए उनले के गर्लान भन्ने प्रश्न समेत छ । जहाँ अस्थिर अवस्थाको संसद र विचार फेरिरहने प्रचण्डको मनस्थितीले समेत यो पाँच बर्ष सरकार र समिकरण निर्माणकै खेलमा वित्ने त यसअघिबाटै विश्लेषण हुँदै आएको छ ।