Breaking

माओवादीमा प्रचण्ड हटाउने कसको तागत ? जनार्दन र वर्षमानले निहुँ खोजे माधवसँग एकता !


काठमाडौँ — प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवा मुख्य सत्ता साझेदार छन । सभापति देउवाको आडभरोषामा प्रचण्ड प्रधानमन्त्री बनेका छन भने प्रचण्ड प्रधानमन्त्री हुन्जेल देउवालाई पदिय रजगजको कुनै कमि छैन । अर्थात सत्ता गठबन्धनका यी दुई शीर्ष नेताबीचको सहकार्य एक–अर्कालाई खुबै फापेको छ । यी दुईबीचको सहकार्य जति सप्रेको छ, समस्या पनि उस्तै उस्तै देखिन्छ ।

गठबन्धनसँगै आफ्नो पार्टी समेत हाँकीरहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको संकट सुल्झाउन सभापति देउवाकै सुत्रहरु सिको गरिरहेका छन । विधानत दुई दुई महिनामा केन्द्रिय समितिको वैठक बस्नुपर्ने प्रावधान भए पनि वर्षदिनमा कांग्रेस केन्द्रिय समितिको वैठक सम्पन्न भयो । आन्तरिक पार्टी राजनीति, सरकार र सदन सञ्चालनमा सदनको ठुलो दलको भूमिकालाई लिएर पार्टीपंक्तिमा चरम असन्तुष्टि मात्र थिएन मौका मिल्न साथ कांग्रेस नेताहरु खुलेआम आफ्नै नेतृत्व खुल्याउन उदत्त हुन्थे ।

सभापति देउवालाई दोषी करार गर्दै संसदीय दलको नेता फेर्ने, विशेष महाधिवेशन गर्ने चर्चा नै चल्यो । तर वैठक ठिक उल्टो ढंगले अघि बढ्यो । आफ्नो कुरा राख्न वर्षदिन कुरेका कांग्रेस केन्द्रिय सदस्यहरुले सभापति शेर बहादुर देउवाको गुनगानमा कुनै कसर बाँकी राखेनन् । केन्द्रिय समिति वैठकमा आफ्नो चर्को आलोचना हुने डरमा रहेका देउवाले सदस्यहरुको प्रशंसाले दंग हुँदै वैठक सक्काए ।

केन्द्रिय समिति वैठक सामाजीक सञ्जाल फेसबूकबाट प्रत्यक्ष प्रशारण गर्दै रणनीतिक बनेका देउवाको चतुर्याईं सफल भयो । देउवाको उक्त रणनीति प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिको गरेका छन । नेपाली कांग्रेसपछि नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रिय समिति वैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको हो ।

सदनको तेस्रो शक्ति तर सत्ताको बागडोर सम्हालीरहेका प्रचण्ड आफ्नै पार्टीभित्रको असहयोगको सकसमा छन । आफ्नो प्रधानमन्त्री पद जोगाउनकै लागि सत्तारुढ दल भएर पनि केन्द्रदेखि प्रदेशमा समेत पद र अवसर अन्य दलललाई सुम्पिँदा पार्टीभित्र चरम असन्तुष्टि छ । मन्त्री बन्न नपाएको झोकमा राजनीतिक जीवनमा कहिल्यै नजमेका जनार्दन शर्मा र वर्षमान पुन एकढिक्का हुँदै सरकारलाई घेर्न लागि परेका छन ।

आफ्नो पार्टी सरकारमा रहे पनि सरकारले गरेका कामहरुमा अपनत्व लिन चाहेका छैन्न । सत्ता समिकरण नै फेरबदल गरेर पद हत्याउने होडमा लागेको आरोप समेत लाग्दै आएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डले सबै निर्णय एक्लै गर्ने माओवादी केन्द्र प्रचण्ड एण्ड कम्पनि बनेको आरोप नयाँ होइन । पार्टीको भन्दा अरु सल्लाहमा पार्टी नेतृत्व मन्त्रीहरु चलेको गुनासो बढ्दो छ । गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई बन्दुक बोकेर राजनीतिमा आएका सहयात्रीको भन्दा बालेनको सल्लाह प्यारो भएको भन्दै व्यङग्य समेत भएको थियो ।

ठुला भ्रष्टचार प्रकरणमा आफ्नै नेताहरु मुछिने डर माओवादीभित्र नभएको होइन । त्यस्तै पार्टीका नेताहरु सुन काण्डमा तानिएको आरोपले पार्टीभित्र अर्को तरंग पैदा भएको छ । यी सबै आरोपबाट बच्न अध्यक्ष प्रचण्डले पनि पार्टी वैठक प्रत्यक्ष प्रसारण गर्ने रणनीति लिएको विश्लेषण हुन थालेका छ । तर नेताहरु यो स्वीकार गर्न तयार छैन । पार्टीको केन्द्रिय समिति वैठक प्रत्यक्ष प्रसारण गर्ने चलनले निरन्तरता पाउनु आफैमा लोकतान्त्रिक विधिको राम्रो प्रयास हो ।

तर खुलेआम घर झगडा कमैले गर्छन । कांग्रेस वैठकको निष्कर्ष नेतृत्वलाई खबरदारी गर्ने विषयमा निरिह भएझै लोकतान्त्रिक अभ्यासको नाममा पार्टीको वैठकमा नेतृत्वलाई दवाव दिने सवालमा निरिह नबनुन् । यसतर्फ सबै पार्टीपंक्तिको ध्यानकर्षण होस् ।