Breaking

प्रचण्डलाई फसाउन मलाई विवादमा तानियो, छानबिनका लागि तयार छुः वर्षमान पुन


काठमाडौँ — नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन तस्करीमा बारेमा निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताएका छन् । संसद भवनमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताए । कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु उनले भने, ‘म दोषी ठहरीए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु ।

पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी बिरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दा पनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए । एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेका दावा छिरिङ र वर्षमान पुनको परिवारिक भेटघाटका तस्वीर सामाजिक सञ्जालमा देखिएका छन् । त्यसबारे प्रष्ट पार्दै पुनले भने गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ ।