Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

मधेस प्रदेशमा पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदै


काठमाडौँ — मधेस प्रदेशमा सोमबार पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा जुटेका छन् । मधेस प्रदेशमा रिक्त दुई मन्त्रालयमध्ये कांग्रेसबाट एक र बिना विभागीय बनाइएकी जसपाका एक मन्त्रीले जिम्मेवारी पाउने भएका छन् । कांग्रेसबाट मोहम्म्द समिम गृह, सञ्चार तथा कानुन मन्त्री बन्ने भएका छन् भने बिना विभागीय मन्त्री सुरिता साह (जसपा) श्रम तथा यातायात मन्त्री बन्ने निश्चित भएको छ ।

पार्टीबाट मन्त्रीको नाम सिफारिस भएर आइसके पनि मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीको रुपमा नियुक्त भने गरिनसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जनाए । उनका अनुसार सोमबार नै उनीहरुलाई मन्त्रिपरिषदमा जिम्मेवारी तोकेर अपराह्न ५ बजे शपथ ग्रहणको तयारी भइरहेको छ । यसअघि जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले सोमबार नै राजीनामा दिएका छन् । उनीहरूलाई पछिल्लो समय बिना विभागीय भूमिकामा राखिएको थियो ।