Breaking

फोटो खिच्दा सचेत रहन नेताहरूलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो खिच्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन् । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जो कोहीसँग जुनसुकैबेला फोटो नखिच्न नेताहरूलाई सचेत गराएका हुन् ।

‘फोटोलाई प्रमाणका रूपमा लिन सक्छन् । त्यसैले फोटो खिचौँ भन्नेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्‍याउनुहोला,’ उनले बैठकमा भने । सुन तस्करका आरोपीसँग उपमहासचिव वर्षमान पुनसँगको फोटो आएपछि विवादमा परेका छन् । प्रधानमन्त्रीले सोहीतर्फ संकेत गरेका हुन् ।