Breaking

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गर्ने


काठमाडौँ – नेकपा माओवादी केन्द्रले १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ ।

बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णतया लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।

यसअघि कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभन गरेको थियो ।