Breaking

प्रचण्ड काण्डकै भरमा ओली तर्साउँदै, माओवादीलाई नै जेलको डर, सबैलाई थुन्छौः नारायणकाजी (भिडियोसहित)


काठमाडौँ – नक्क्ली भुटानी शरणार्थी प्रकरण,ललिता निवास र सुनकाण्ड सम्म आईपुगेको प्रचण्ड सरकार नितिगत रुपमा भएका अन्य ठूला भ्रष्टचारको फाईल खोल्ने लाईनमा छ ।

सुरुवाती दिनदेखिनै सुसासनको रटान लगाएर आक्रामक हुँदै फाईल खोलीरहेको प्रचण्ड सरकार माथि अहिले भने व्याक फायर हुँदै छ । प्रतिपक्षी भने आफ्नालाई जोगाएर अरुलाई फसाउने खेल सरकारले गरिरहेको भन्दै असन्तुष्टि पोखिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कु, सासन् विरुद्ध सुसानको अभियानकै शैलीमा सार्वजनिक कार्यक्तममा उपस्थित हुने गरेकाछन् ।

नक्कली भुटानी शरणाथीं, प्रकरण, ललिता निवास र विमानस्थलबाट एकसय किलो सुन समातेपछि वाहवाही कमाएका प्रचण्ड त्यही भएर हौसिदै भन्छन् यो त टेलरमात्रै हो, पुरा चलचित्र अझै सुरु हुन बाँकी छ । आईतबार मात्रै पनि प्रचण्डले समाजवादी मोर्चाको विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ठूला भ्रष्टचारको फाईल खोल्ने उद्घोष गरे । मूलत प्रचण्डले अहिले संकेत गरेको ठूलो फाईल झापाको गिरीबन्धु टि, स्टेट हुन सक्ने आंकलन गरिएको छ । जसमा एमाले मुछिने देखिन्छ ।

चुनावताका समय पार्टीको घोषणापत्रमा सुसासन भनेर ठूल ठूला अक्षरमा लेखेर प्रचार गर्ने पार्टीका नेता कार्यकर्तानै अहिले धमाधम भ्रष्टचार काण्डमा जाँकिदैछ । सरकारले भ्रष्टचारीलाई तह लगाउने भनेर कर्मचारी माथि चार्ज लगाउँदा शक्ति र पहुँच भएकाहरु अनुसन्धानको दायरा बाहीरछन् । प्रचण्ड सरकारले अहिले जतिनै सुसासनको गि त गाएपनि सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महरा बाबुछोरालाई काखी च्याप्दा सरकार मािथनै प्रश्न छ ।

भ्रष्टचारीको जरो किलो उखाल्छौ भन्दै गर्जिने अनि छोरी कुटेर बुहारी तर्साउने शैलीमा आफ्नालाई काखी च्यापेर अर्कालाई झम्टिने प्रचण्ड सरकारको शैलीले जतिनै सुसासनको नारा लगाएपनि त्यो अपूर्ण हुन्छ । देशमा सुशासन कायम हुदाँ नै बिकासका कामले निरन्तरता पाउँछ । जनताले राहतका महसुस गर्न पाउँछन् । देश हाक्ने शासकले आफ्नो स्वार्थबाट माथि उठेर जनताको हितका लागी समग्र बिकासमा स्वस्च्छ तबरले शक्ति र श्रोतको परिचालनगर्न आवश्यक छ । तर जनताले त्यसको महसुस गर्नअझै सकेका छैन् ।

राजनीतिकदलको घोषणापत्र होस् वा सरकारका नीतिकार्यक्रम नै किन नहोहोस्, सबैमा सुशासनको चर्चाले बढीमहत्त्व पाएको छ । तर मुलुकमा दिन दुई गुण रातमा चौगुणका दरले भष्ट्राचार अनियमितता,ठगी र बेरोगार लगाएका समस्या बिकराल रुपमा बढेको छ । अहिले सरकारले एकादुई संगठित रुपमा भएका घोटलाको फाइल खोलेको छ ।र दोषी जो कोही भएपनि हदै सम्मको कार्वाही हुने दाबी गरेको छ ।

यता प्रतिपक्षले भने सुशासन भन्दै सरकारले आफुलाई मन नपरेको मान्छेलाई डाम्ने र मन परेकालाक्षर्् च्याप्ने गरेको भन्दै विरोध जनाईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा गृहमन्त्रीनै संलग्न भएको आक्षेप लगाएकाछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन प्रकरणसम्म आईपुग्दा अझ अरु थुप्रै भ्रष्टाचारका फाईलहरु खुलीरहेपनि जरैसम्मको कारबाहीमा सरकार चुकि रहदाँ राजनितिशात्री प्रा.कृष्ण खनाल भने देशमा नेतृत्वकर्ता नै र्कतव्यबिमुख हुदाँ देश सुशासन उन्मुख हुनु पर्नेमा कुशासनतिर धकिलिएको बताउँछन् । दोषीलाई कारबाही भन्दा आफ्नाको संरक्षणगर्न लागेकोले देशमायस्ता ठुल्ठुला प्रकरण मौलाएको उनको भनाई छ।

यस्ता गम्भिर बिषय सरकारले उठाईसकेपछि अब यो बिषयलाई र्निकुलपार्न सकेन भने सरकार माथीनै यसले प्रश्न उठाउन सक्छ । त्यसकारण अब सरकारले दोषी माथी हदै सम्मको कारबाही गर्न सकेन भने जनताको सरकार प्रतिको विश्वास गुम्ने देखिन्छ ।