Breaking

प्रतिनिधिसभा बैठक बस्दै, सदन चल्न नदिने एमालेको चेतावनी


काठमाडौँ – एमालेले एक क्विन्टल सुन प्रकरणलाई लिएर सोमबार पनि संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको भेटमा संसद्को अवरोध हटाउनेबारे कुनै निष्कर्षमा नपुगेको एमाले नेताले जानकारी दिए ।

त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको १०० किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले साउन १० गते बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।