Breaking

हौसिए प्रचण्ड, भटाभट काण्ड खोतलेर नेता थुन्दै, गृहका कारण माओवादीमा कलह(भिडियोसहित)


काठमाडौँ – सधै अस्थिर,सधै दोहोरो रणनितिमा खेल्ने पात्रका रुपमा चित्रित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई नाउमा खुट्टा राखेर सत्तामा छन ।

निर्णायक शक्ती होल्ड गर्ने र त्यसैमा खेल्ने उनी अहिले फायल खोल्ने र प्रहार गर्ने रणनितिमा देखिन्छन । जसको निशाना आफैतिर परेपछि कांग्रेस चुप लाग्ने र एमाले भड्किने अवस्था सिर्जना हुदाँ कहिलेसम्म उनको रणनिति काम लाग्छ भन्ने प्रश्न अहिले अहम बनेको छ ।

दशबर्षे जनयुद्धताका होस या शान्तीपूर्ण राजनिति आफ्नै दुई नेता जुधाएर सधै नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ समेत यसैको अभ्यासमा छन । फलत: आफ्नो नेतृत्व कांग्रेसले नस्वीकार्ने अवस्थामा एमालेलाई साथ लिएर प्रधानमन्त्री बनेका उनी लगत्तै राष्ट्रिय सहमतिको रटानमा लागेका थिए ।

उनको यहि दोधारो स्वभावकै कारण जतिवेला पनि फर्केर आउन सक्ने आशामै कांग्रेसले आफैलाई धोका दिएपनि ढोक्सा थापेको थियो भने राष्ट्रपति हत्याउन सफल समेत भयो । लगत्तै अहिले प्रदेश देखि केन्द्रसम्म निर्णायक शक्तीका रुपमा कांग्रेस उभिदा माओवादी एक थान प्रधानमन्त्रीकै लागि सवैथोक गुमाएको छ ।

यहि अवस्थालाई लिएर उनको सत्ताको आयूमै प्रश्न उठाँउदै आएको एमालेले समेत छिट्टै सत्तामा फर्किन सक्ने र नयाँ समिकरण बन्ने आशा समेत देखेको थियो । यता कांग्रेसपनि आफ्नो हातमा रहेको तालाचावीले प्रचण्डलाई कस्न सकिने आशामै थियो । जसका विरुद्ध सन्तुलनका राजनिति गरिरहेका प्रचण्डले एकाएक नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोलेपछि भने ठुलो सास फेरे ।

जसमा कांग्रेस र एमाले दुवैको ठुला माछा समातिएको र दवाव कायम राखे त्यसको तार नेतृत्वसम्मै पुग्ने अवस्था देखिदाँ प्रचण्ड एकाएक शक्तीशाली बन्न पुगेको हुन ।

हुन पनि नौ थरीको गठबन्धन सहि ट्रयाकमा ल्याउने सवालमा होस या निति तथा कार्यक्रमै फेल गराउने प्रतिपक्षीलाई तह लगाउन होस । या त संसदीय समिति गठन र प्रधानन्यायधीस नियुक्तीमा एमालेले खोचे थापेका वेला सडकमा समेत चर्किएको आवाजले पेलिएको अवस्थामा होस उनी फायल खोल्ने कार्य नै उनका लागि संकटमोचन बनेको थियो ।

त्यस्तै वजेटमा फेल गराउने कुरा ललिता निवासको फायलले समेट्दा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहको सक्रिय भएको अभिव्यक्तिलाई लिएर एमालेले राजिनामा माग्दै संसद अवरुद्ध गरेको कुरा मिटरव्याजसम्बन्धी कानुन पास गर्न नदिने कार्यको भाष्यले नै उनलाई बचाएको थियो । विगतमा जस्तो भिडिहाल्ने सोचमा नरहेका उनी वारम्बार संसदमा प्रतिपक्षीबाटै घेरिदा समेत जनताका काम गर्दा अवस्था प्रतिकुल भएको भाष्य निर्माणमै लागेका छन ।

जहाँ सय केजी सुन बरामदको पछिल्लो कदमले फेरि सकसमा परेका उनले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको बताएका हुन ।

जसलाई फायल खोल्ने र सहयात्री तथा प्रतिपक्षी दुवैलाई तर्साउने मनोदशाले उत्पन्न अभिव्यक्तिका रुपमा समेत विश्लेषण गरिदाँ यसअघिका फायलहरुम समेत उनको चेतावनी यस्तै रहँदै आएको छ । तर नक्कली शरणार्थी प्रकरणमा दोश्रो तहको अनुसन्धान अघि नबढेको तथा ललिता निवासमा कर्मचारी पक्राउ पर्ने अवस्थाले समेत उनको वोलीको गाम्भिर्यतामाथि प्रश्न उठिरहेको छ ।

जहाँ सुन तस्करीको अनुसन्धानकै क्रममा मालिक आशंका गरिएकै फरार भईसक्नु र ट्याक्सी गन्तव्यमा पुग्न नदिई बाटैमा नियन्त्रणमा लिईनुले यसको अनुसन्धान समेत भरियाभन्दा माथि नउठ्ने धेरेको आशंकाविच उनले आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने भन्दै धम्काउन छाडेका छैनन् । यता एमाले नेताहरु भने यसलाई आफूहरुलाई केहि फरक नपार्ने बताउछन ।

आफूहरुको माग नै अनुसन्धान सहि होस भन्ने भएको बताउने उनीहरु दोषी ठहर भए एमाले कै नेताहरु समेत जेल जानुमा चिन्ता नभएको बताउछन । तर आफ्ना जोगाउने र अरु फसाउने प्रपन्चको भने आफूहरुले विरोध गरेको नेता सुमन प्याकुरेलको भनाई छ ।

हुन त पार्टीभित्रैकै शक्ती सन्तुलनलाई समेत नेत्रविक्रम चन्द विप्लव भित्राएर व्यवस्थापनमा लागेका उनी कांग्रेस सभापति शेरबहादुर देउवाको मौनताले समेत हौसिईरहेका छन । जसमा खुलेका फायलहरु समेत निचोडमा पुर्याए भने प्राप्त हुने जनताका साथले उनी अझ वलियो बन्ने छन । जसले उनलाई विचमा बसेर वार्गेनिङ गर्ने हैसियतभन्दा माथि उचाल्न सहयोग गर्नेमा समेत दुईमत छैन । तर फायल कोट्याउने ,धम्काउने र बाध्यताको राजनिति गर्ने रणनितिमै उनी अघि बढेभने त्यो कतिन्जेल सफल हुन्छ यसै भन्न सकिने अवस्था छैन ।