Breaking

रास्वपाका सांसदहरूद्धारा उच्च अदालत पाटनमा रिटदर्ता


काठमाडौँ– निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले आइतबार उच्च अदालत पाटनमा आयोगको निर्णयविरूद्ध रिट दिएका हुन् । सांसदहरू विराजभक्त श्रेष्ठ,शिशिर खनाल,गणेश पराजुली र सोबिता गौतमले उक्त निर्णय विरूद्ध रिट दिएका छन् । रिट भने दर्ता हुने प्रक्रियामा रहेको स्रोतले जनाएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सय बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो । निर्वाचन आयोगले साउन ९ गते प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो । प्रतिनिधि सभाका एक हजार ३७ र प्रदेश सभाका १२ सय ९८ जना उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने आयोगले निर्णय गरेको थियो ।