Breaking

सरकारको भ्रष्टाचारबिरोधी कदमले जनतामा नयाँ आशाको सञ्चार गराएको छः प्रधानमन्त्री दाहाल


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमहरुले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताउनुभएको हो ।

आईतवार काठमाडांैमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै उहाँले ७ महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले मरहट्ठाले माओवादी जनयुद्धको बिजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रुपान्तरणमा खेल्नुभएको भुमिकाको प्रशंशा गर्नुभएको थियो । उहाँले मरहट्ठालाई नेपालको कम्युनिष्ट आन्दोलनका एक बौद्धिक व्यक्तित्व एवं राजनीतिक नेताहरुका पनि गुरुको रुपमा चित्रण गर्नुभएको थियो ।