Breaking

सिद्धार्थ राजमार्ग अवरुद्ध


काठमाडौँ – शनिबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। पहिरो गएराति करिब १० बजे खसेको हो। अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। दुइवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए। माथिबाट ठुलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ। राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौंको संख्यामा सवारी साधन बीच बाटोमा रोकिएका छन्। कयौं यात्रु गन्तव्यमा पुग्न नसकेर बीच बाटोमै अलपत्र परेका छन्।