Breaking

प्रचण्डका मन्त्रीहरु कोहि गुमनाम–कोही बदनाम, राजीनामको रक्षामा प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले झन्डै पाँच महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । ११ पटकमा मन्त्रिपरिषदलाई पूर्णता दिन सफल प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका केही मन्त्रीहरु आफ्नै कार्यक्षमता प्रस्तुत गर्न सकिरहेका छैनन् ।

केह ीगर्ने हुटहुटी सहित जो चर्चामा छ, उनीहरु पनि कामले भन्दा कार्यशैलीकै कारण विवादमा तानिन थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनी नेतृत्वको मन्त्रीहरुको कार्यशैली, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखानसँगै ठ्याक्कै मेल खाना गएको छ । ठुला भ्रष्टचार र अनियमितताको फाइल खुलेपछि अस्तव्यस्त राष्ट्रिय राजनीतिलाई वेवास्ता गर्दै प्रधानमन्त्री प्रचण्ड आफै देश विदेशको भ्रमणमा भुलिएका छन ।

सात दिने युरोप भ्रमण सक्काएर फर्किएका उनी लगत्तै छिमेकी मुलुक चिन यात्राको तयारीमा छन । मन्त्रीहरु के कम, कोहि प्रधानमन्त्रीलाई पछ्याउँदै त कोहि विना कुनै औपचारिक कार्यक्रम आफै विदेश यात्रामा निस्कि रहेका छन । पछिल्लो उदाहरण सबै भन्दा धेरै अझ संधै सुशासनको नारा नगाउने कानुनमन्त्री धनराज गुरुङ संवैधानिक परिषद र न्याय परिषदको काम नै प्रभावित पारेर कुनै औपचारिक कार्यक्रम विना नै निजी भ्रमणमा अमेरिका हुँइकिएका छन ।

प्रधानमन्त्री युरोपबाट फर्किएकै दिन कानुनमन्त्री गुरुङ एक साताका लागि अमेरिका यात्रामा निस्किएका कारण कानुनमन्त्री सदस्य रहेको संवैधानिक परिषदको वैठक फेरी अनिस्चित भएको छ भने न्यायपरिषदमा विचारधिन न्यायधिश नियुक्ती थप पछि धकेलिएको छ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक–२०८० को विवादले सडक र सदन तातिएकै बेला कानुनमन्त्रीको विदेश यात्राले चर्चा पाएको हो ।

एकपछि अर्को ठुला भ्रष्टचार प्रकरणको फाइला खोलेपछि नागरिकको आशा र प्रतिपक्षको तारो बनेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ सय किलो सुन प्रकरणले थप विवादमा मुछिएको छ । अर्थमन्त्रीमन्त्री प्रकाश शरण महत समेत विवादबाट चोखो छैन । प्रतिपक्ष त राजीनामाको रटान नै लगाएका छन ।

पर्यटनन्त्री सुदन किरातीको विवाद सुनाई साध्य छैन । केही गर्ने हुटहुटीका साथ मैदानमा उत्रिएका मन्त्री किरातीको सात महिने कार्यकाल कर्मचारीसँग पौठेजोरी खेल्दैमा वितेको देखिन्छ । अझ प्रष्ट भन्दा स्पष्टीकरण सोध्नमै वितेको छ । सरकारी एवंम सामुदायिक अस्पतालमा गरीव विपन्नको उपचारमा नि.शुल्क कोटा कार्यन्वयनमा ल्याएर चर्चामा आएको स्वास्थ्यमन्त्री मोहन वस्नेत आफ्नै अभिव्यक्तिका कारण विवादबाट अछुतो रहेन । कर्मचारीको सरुवा बढुवामा उनको दिएको अभिव्यक्तिले विवादमा फसे । प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु आलोचना र चासोमा छन ।

चर्चामा रहेका यी मन्त्रीहरु आफ्नै अभिव्यक्ति र कार्यशैलीका कारण विवादमा परिरहेका छन भने प्रधानमन्त्री प्रचण्डका अन्य मन्त्रीहरु के गर्दै छन अत्तोपत्तो छैन । जो चर्चामा छ उनीहरु विवादबाट विमुख हुन सकेको छैन भने अन्य न त मन्त्री न त मन्त्रालय गुमनाम छन ।गठबन्धनका मन्त्रीहरुको काम र प्रभावकारीतालाई लिएर गठबन्धनकै नेताहरु आलोचना गर्छन । बहुचर्चित भ्रष्टचार प्रकरणमा आक्रमक रुपमा अघि बढेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले जति आशा दिएको छ उत्तिकै आलोचनाबाट टाढा छैन ।

जनजीविका तदर्थ राखेरै भए पनि आफ्नो मन्त्रिपरिषदको आयु अन्तिम विकल्प बनाएका प्रधानमन्त्री प्रचण्ड आफ्नो मन्त्रीहरुको बचावटमा उत्रिन बाध्य छन । सरकार र नेतृत्वमा रहेकाहरु आफ्नो स्वार्थ अनुरुप सत्ता लम्ब्याउन खेतिमा मात्र केन्द्रित हुँदा आम जनजीविका निरन्तर ओझेलमा परिरहेको छ ।