Breaking

किन कांग्रेस उचाल्दैछन् ओली ? माओवादीलाई साईजमा ल्याउने कांग्रेसको चाल ! भिड्लान त प्रचण्ड ?


काठमाडौँ — कांग्रेसभित्र बढ्दो गुटगत राजनिति र सत्ता गठबन्धनमा देखिएको अलमलले केपी शर्मा ओली हौसिन थालेका छन । जहाँ कोशी प्रदेश नयाँ समिकरणको आधार हुन सक्ने अपेक्षामा रहेका उनी अहिले कांग्रेस उचाल्ने र त्यसैमा खेल्ने रणनितिमा देखिएका हुन । यता नक्कली भुटानी शरणार्थी प्रकरणबाटै पेलिएको कांग्रेसले समेत नयाँ समिकरण नबनेपनि यसले माओवादीलाई साईजमा ल्याउने सपना देख्न थालेको हो ।

ललिता निवास जग्गा प्रकरणले काखमै रहेको बाघ कांग्रेस र प्रतिपक्षी एमाले दुवैलाई तह लगाएको माओवादीलाई देखाईने रणनितिमा दलहरु लागि परेका छन । जसमा आफ्ना भिआईपी नेता डामिएको साझा पिडामा रहेका एमाले र कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकसमा परेको अवस्थाको भरपुर प्रयोग गर्ने बाटोमा देखिएका हो । यहिविचमा कोशीमा देखिएको सत्ता सकस कांग्रेस फकाँउदै नयाँ समिकरणको आधार बन्न सक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आशाविच कांग्रेस पनि माओवादीलाई साईजमा ल्याउने खेलमा लागेको हो ।

यसैपनि समाजवादी मोर्चा बनाँउदै निर्णाक अंक लिएर बसेका प्रधानमन्त्री दुवै पार्टीलाई सन्तुलनमा ल्याउने र सत्ता सहजतातर्फ उन्मुख हुने गरिरहेका छन । जहाँ त्यहि लहरोलाई राजनीतिक अश्त्रका रुपमा प्रयोग गरेर आफैसम्म आईपुग्ने डरले कांग्रेसको संस्थापन पक्ष केहि हच्किएको छ । तर खाँण जेलपरिसकेपछि वाँकि नै के रह्यो र भन्ने अवस्थामा संस्थापनकै एक हिस्सा पुग्दा ईतर पक्षका नेताहरुले त गृहमन्त्रीको राजिानामा माग्दै आएको छन । जुन विषय देउवाकै पनि भित्रि चहाना हो भने अव सरकारको नेतृत्व गर्ने अवसर समेत देउवाकै हातमा आउने पक्का छ ।

यद्यपी देउवा गुटकै पूर्णबहादुर खड्का सहितले यो गठबन्धनलाई आफ्नो जितका रुपमा अथ्र्याउनुले पनि नयाँ समिकरण बन्न बाधक बनिरहरको छ । जुन बाधा विगतमा भन्दा अहिले कमजोर बन्दै गएको तर कांग्रेस विना कसैको दाल नगल्ने बुझेका ओली अहिले कांग्रेसलाई फकाउने वा ललकार्ने दुवै निति अपनाईरहेका छन ।

फलत कांग्रेसप्रति नरम नै सुनिने उनले पार्टीको मौनताप्रति भने प्रश्न गर्दै आएका छन । शुक्रबार मात्रै पनि कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको आरोप लगाएका ओलीले प्रचण्डले कान समातेर डो¥याएको बताएका हुन ।कांग्रेसका राम्रा नराम्रा दुवै पक्ष रहेको भन्दै बढो कुटनितिक सुनिएका उनले अहिले कर्कलाको ढाँठजस्तै लर्याक्क भएको समेत भन्न भ्याएका हुन ।

यता कांग्रेसकै नेताहरु समेत कोशीमा एमाले र कांग्रेस मिलेर सरकार बनाए अचम्म मान्न नपर्ने बताउन थालिसकेका छन । त्यस्तै फायल कोट्याउने र त्यसैमा खेल्ने प्रचण्डको रणनिति समेत आफ्ना लागि घातक हुने दुवै दलको बुझाईका विच सत्तामा त्यहि नरहेकोले यस्ता काण्डमा कम डामिने फाईदामा माओवादी छ । जहाँ पार्टीभित्रै आन्तरिक राजनीतिक किचलो समेत गृहमन्त्री व्यक्तिगत रुपमै काम गरेर देखाउने र आफ्नो राजनितिक भविष्य सुनिश्चित गनुपर्ने बाध्यतामा छन ।

जसले स्वयम माओवादी भित्रै,सत्तापक्षीय दल र प्रतिपक्षसम्मै तरंग आउदाँ उनलाई हटाएर आफैले गाली खानुपर्ने अवस्थामा समेत प्रचण्ड छन । फलत ः उनलाई जोगाएर अघि जाने बाटो नै घातक हुने बुझाईमा रहेका प्रचण्डले समेत यो सत्ता कति टिक्छ भन्नेमा आफ्नो चिन्ता नभएको र सत्ता नै गएपनि सुशासनको पक्षमा काम गर्ने अर्को भाष्य निर्माण गरिरहेका छन । यस्ता अभिव्यक्तिले उनको पछिल्लो मनस्थिती प्रष्ट हुदाँ उनी बढो सतर्क भएर अघि बढिरहेका छन ।

यो सरकार वलियोसंग चल्ने र गठबन्धन निर्माणको धरातल नै वलियो भएको बताँउदै आएका माओवादी नेताहरु एमालेले देखेको सपना पुरा नहुँने बताँउदै आएका छन । जहाँ कांग्रेसका उपसभापति तथा रक्षामन्त्री पूर्णवहादुर खड्काले समेत गठबन्धन टिकाउनुको विकल्प नभएको बताएका छन ।

हुन त प्रचण्ड अहिले भिडेर जाने भन्दा नरम हुने बाटोमै छन । फलत ः सुन प्रकरणमै पनि बरु एमालेकै माग मान्दै उच्चस्तरीय अनुसन्धान आयोग नै बनाएर अघि नबढ्लान भन्न समेत सकिदैन । यदि त्यसो भए उनको अर्को सकस कम भएर अवस्था समेत छ । तर कोशीमा कसरी कांग्रेसकै उद्धव थापालाई मुख्यमन्त्री बनाउने भन्ने अर्को चिन्ता भने बाँकि नै छ ।