Breaking

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो


काठमाडौँ – पहिरो खसेर बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड आज बिहानबाट खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक शुक्रबार राति बिहान १ बजे पहिरो खस्दा सडक बन्द भएको थियो।

एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।