Breaking

पहिरो खसेपछि मुग्लिन नारायणगढ सडकखण्ड पुन: अवरुद्ध


काठमाडौँ – चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: अवरुद्ध भएको छ ।

बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुनस् अवरुद्ध भएको छ ।