काठमाडौँ — गत वर्ष काठमाडौँ उपत्यकामा प्रकोपको रूप फैलिएको डेंगु संक्रमण हाल देशको पूर्वी क्षेत्रमा भयावह बन्दै गएको छ । अहिलेसम्म ७० जिल्लामा फैलिसकेको डेंगुबाट चार हजार छ सय १९ जनामा संक्रमण भएका छन् । सात जनाको मृत्यु भईसकेको छ । बर्खाको समयमा हरेक वर्ष हुने डेंगु संक्रमण यो वर्ष पनि फैलिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमणले यो वर्ष पनि महामारीको रूप लिने संकेत गरेको छ ।
पछिल्लो ६ महिनाको अवधिमा ७० जिल्लामा फैलिसकेको डेंगुबाट चार हजार छ सय १९ जना संक्रमण भएका छन् । गत वर्ष काठमाडौँ उपत्यकामा प्रकोपको रूपमा फैलिएको डेंगु संक्रमण हाल देशको पूर्वी क्षेत्रमा भयावह बन्दै गएको छ । झण्डै तीन हजारभन्दा संक्रमित भएको कोशी प्रदेशमा डेंगुकै कारण सात जनाले ज्यान गुमाईसकेका छन् ।
मृत्यु हुनेमा ४ जना महिला र ३ पुरुष रहेका छन् । प्रदेशगत रूपमा हालसम्म कोशीमा दुई हजार नौ सय ७१, बागमतीमा सात सय ६७, गण्डकीमा तीन सय ४७, सुदूरपश्चिममा तीन सय १८, लुम्बिनीमा एक सय ६८, मधेसमा २५ र कर्णाली प्रदेशमा २३ जनामा संक्रमण देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।
ज्वरो आउने, अत्याधिक टाउको र शरीरको मांशपेशी दुख्ने, शरीरमा साना खटिरा आउने, बान्ताहुने, आँखाको गेडी दुख्ने, खानामा अरुचि, ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तश्राव हुनु आदि डेंगुका लक्षणहरु हुन् । डेंगु फैलाउने लामखुट्टे बिहान, दिउँसो र साँझपख, बढी संक्रिय हुने भएकाले संक्रमित हुने सम्भावना पनि सोहि समयमा बढी हुन्छ । यस समयमा लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहन चिकित्सकको सुझाव छ ।
एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु सरुवा रोग भएका कारण पनि त्रास बढेको छ । प्रत्येक वर्ष सताउने डेंगु नियन्त्रण गर्ने एक मात्र उपाय भनेको लाभा नष्ट नै हो । जसका लागि सर्वसाधरण मात्र सर्तक बन्ने नभई डेंगु नियन्त्रणवारे सरकारको समेत ध्यानकर्षण हुनु पर्ने विज्ञहरुको सुझाव छ ।
तर, यसमा सरकारसँगै स्थानीय निकाय पनि चुकिरहेको धरानको अप्रिय घटनाले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका करिब आधा जनसंख्या डेंगुबाट संक्रमित हुने खतरा छ । त्यसैले सरकारले धरानबाट पाठ नसिक्ने हो भने डेंगुले देशैभर भयावह स्थितिको सिर्जना गर्ने चिकित्सकको दावी छ ।
गत वर्ष नेपालमा हालसम्मकै बढी ५४ हजार ७ सय ८४ जनामा डेंगु संक्रमण पुष्टि हुँदा संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो । डेंगु सार्ने एडिस एजिप्टाई प्रजातिको लामखुट्टेको मुख्य स्रोत सफा जमेको पानी हो । लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा राख्न चिकित्सकको सुझाव छ ।


प्रतिक्रिया