खेलकुद

फिफा महिला विश्वकपः डेनमार्कविरुद्ध इंगल्याण्ड १–० ले अगाडि


काठमाडौँ — फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा अहिले इंगल्याण्ड र डेनमार्क भिडिरहेका छन् । पहिलो हाफ सकिँदा इंगल्याण्ड १–० गोलले अगाडि रहेको छ। एलिनाज स्टेडियम सिड्नीमा भइरहेको खेलको छैटौं मिनेटमै लाउरेन जेम्सको गोलमा इंगल्याण्डले अग्रता बनाएको हो ।

समूह चरणको पहिलो खेल जितेका दुवै टिम आज पनि जितको खोजीमा छन् । तर एकपक्षीय जस्तो देखिएको खेलमा इंगल्याण्डले डेनमार्कलाई पूर्णरुपमा दबाबमा राखेको छ ।