Breaking

हत्त न पत्त राजीनामा माग्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने क्रम बढ्न थालेको भन्दै यो राम्रो संस्कार नभएको बताएका छन् ।
इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करीलाई लिएर गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिएकोबारेको जिज्ञासामा यस्तो बताएका हुन् ।

‘हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ यो राम्रो होइन । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन’, प्रचण्डले भने ।

उनले विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थितिलगायतको विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने बताए ।