Breaking

सत्ता गठबन्धनमा संकट ! कोशीमा कांग्रेसलाई सघाउला एमालेले ? किन चुप छन देउवा ?


काठमाडौँ — खड्को पार गर्दै सरकार टिकाईरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुन तस्करीमा गृहमन्त्रीमाथि एमालेले उठाएको प्रश्नमा फसेका छन । जुन प्रश्न स्वयम सत्तारुढ दल कांग्रेसकै नेताहरुले समेत गर्दा पार्टीभित्रको गुटगत राजनितिको तरंगसमेत यसलाई जोडेर हेरिएको छ । जसको सम्बन्ध गठबन्धनको धरातलसंग समेत जोडेर हेर्दा प्रचण्डले कसरी यो सकस पार गर्छन भन्ने प्रश्न प्रधान बनेको हो ।

संसदको अवरोध हटाउन वालुवाटारमा बसिरहेका वेला एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई जिस्काउदै भने – के छ त कोशीमा विश्वासको मत दिई दिम् त ? एमाले – कांग्रेश एक ठाँउमा उभिने र वैकल्पिक समिकरणको चर्चा चलिरहेका वेला ओलीको यो भनाई केवल मजाक मात्र थिएन । बरु पहिले एमाले –माओवादी गठबन्धन बन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो गठबन्धनमा ल्याउदै सुदुरपश्चिमबाट सत्तारोहण थालेको कांग्रेसकै पुनारावृत्तीको संकेत थियो । हुन पनि वालकृष्ण खाँण पक्राउपरेपछि काग्रेस संस्थापनपक्षकै एक हिस्सा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग रुष्ट छ ।

एमालेको समेत साझा प्रहारका विषय श्रेष्ठ नै बन्दा उनलाई हटाउनुपर्ने दवाव बढ्दो छ । सय केजी सुन प्रकरणमा उनीमाथि प्रश्न उठाँउदै एमालले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद चल्न नदिने बताएको छ । अर्कातर्फ कांग्रेसको संस्थापन पक्षकै अझ खाँण निकट जितजंग बस्नेतले गृहमन्त्रीको राजिनामा माग्दा खाँणलाई निलम्बन नगरेका देउवा पनि अप्रत्यक्ष रुपमा गृहमन्त्रीप्रति रोष नै प्रकट गरिरहेका छन ।

भलै आरजु राणासम्मको नाम मुछिएको विषयले उनले मुखै फोर्न नसक्ने अवस्था रहेको विश्लेषणका विच डा.शेखर कोईराला गुटका नेता डा.सुनिल शर्माले गुट र गठबन्धनविरुद्धको रिस साध्ने साझा एजेण्डा सय केजी सुन प्रकरणलाई बनाएका छन । तत्कालका लागि नयाँ समिकरण रोक्ने देउवा पक्षीय नेता पूर्णबहादुर खड्का र डा.प्रकाशशरण महत मध्ये महतले राजिनामा दिनुपर्ने बताएका शर्माले गृहमन्त्रीको पनि राजिनामा मागेका छन । यदि त्यसो नभए र अनुसन्धान प्रभावित बने अनसन नै बस्ने चेतावनी समेत उनले संसदमै दिएका छन ।

यता माओवादी भित्रैपनि जनार्दन शर्मा र वर्षमान पुनको असन्तुष्टि बढ्दा उनीहरुको तारो समेत गृहमन्त्री छन । त्यस्तै आफूहरुलाई मन्त्री बनाउनुपर्ने अन्यथा अर्को विकल्प नै भएपनि सहि छ भन्नेसम्मको उनीहरु पुग्दा गृहमन्त्री हटाए काम गर्नेलाई हटाएको आक्षेप खेप्ने अवस्थामा प्रचण्ड छन । यहि घटनाक्रमका विच सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनका लागि परमादेश दिएको छ । यसले अव एमालेकै साथ नभई कांग्रेस सरकारमा नपुग्ने अवस्था सिर्जना गर्दा एमाले त यसैको पखाईमा छ ।

यो गठबन्धन ढालेर वैकल्पिक समिकरणको निर्माणको आशामा रहेको उसको लागि देउवाको प्रचण्डप्रतिको मौन समर्थनमात्रै बाधक बनिरहेका छन् । त्यसका लागि कांग्रेसको ईतर पक्षले दवाव बढाईदिए हुन्थ्यो भन्ने अपेक्षामा एमाले रहदाँ कांग्रेसमै पनि समाजवादी मोर्चा बनाएर वलियो हुन खोजेका प्रचण्डको कदमले शंका उत्पन गर्दै आएको छ । जहाँ पहिलेबाटै यो गठबन्धनको विरुद्धमै देखिएका डा.शेखर कोईरालाले केन्द्रीय समिति बैठकमा बोल्दै सत्तारूढ गठबन्धनभित्रैका दलहरूले कसका लागि मोर्चा बनाएको हो भनी प्रश्न गरेका थिए । यसरी चौतर्फी रुपमा सरकारविरुद्ध घेराबन्दी बढ्दा मोर्चा बारे पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख नै गरेका थिए ।

यता चिनियाँ कम्युनिष्ट नेताहरुको बढ्दो सक्रियता र नेपाली कम्युनिष्ट नेताहरुको भेटघाटले कतै फेरि माओवादीकै दोश्रो धार वलियो बनाएर वाम गठबन्धन नै बन्ने त हैन भन्ने प्रश्न समेत छ । यद्यपी जुन बाटो र सक्रियताले सफलता प्राप्त गरेपनि यो गठबन्धनको भविष्यमा संकट पर्ने भन्ने पक्का जस्तै छ । तर माओवादी नेता हिमाल शर्मा भने उठेका प्रश्न र बनेको परिस्थितीले केहि असर नपर्ने बताँउछन । यो सरकार अझ बलियो बन्दै जाने बताँउने उनी शुसानका लागि काम गर्दा सत्ता ढलेपनि चिन्ताको विषय नहुने तर्क गर्छन ।

हुन त सहमति कार्यान्वयन भए अवको प्रधानमन्त्री आफै हुनेमा देउवा विश्वस्त छन । जहाँ केन्द्रीय समिति बैठकबाट अझ वलियो बनेका उनले दायाँवायाँ नगरे केहि अप्रत्याशित हुने ठाँउ समेत छैन । तर विकसित घटनाक्रम र वाह्य शक्तिको बढ्दो सक्रियताले भने केहि हुनसक्ने आशंका उब्जाएको छ । त्यस्तै आफ्नै गुटमा उब्जिएको प्रश्न कतिन्जेल देउवाले धान्छन भन्ने प्रश्न समेत गठबन्धने भविष्यको विषयमा अहम बनेको हो ।