Breaking

प्रचण्ड तह लगाउन जनार्दन–वर्षमान एकै ठाउँमा, नारायाणकाजीप्रति पार्टी नै असन्तुष्ट हो ?


काठमाडौँ — संसदीय अंकगणितमा सदनको तेस्रो शक्तिमा खुम्चिए पनि सत्ताको बागडोर माओवादी केन्द्रको कब्जामा छ । सुशासनको पक्षमा उभिएका प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचारविरुद्ध थप आक्रमक देखिन्छ । आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकालमा केहि गरी छाड्ने अठोट लिएका प्रचण्ड जति जनतामाझ लोकप्रिय बनि रहेका छन आफ्नै पार्टीपंक्तिको भने मन जित्न सकेका छैनन् ।
संसदीय अंकगणितमा सदनको तेस्रो शक्तिमा खुम्चिए पनि सत्ताको बागडोर माओवादी केन्द्रको कब्जामा छ । गठबन्धनको भरथेगमा प्रधानमन्त्रीको कुर्सी टिकाई रहेका माओवादी कोन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुशासनको वकालत र भ्रष्टचारविरुद्ध आक्रमक रुपमा प्रस्तुत भईरहेका छन । तपाई मलाई साथ दिनुस् म तपाईलाई सुशासन दिन्छु भनेका प्रचण्ड ठुला पार्टीहरु नै झस्किने एकपछि अर्को एक्सनमा उत्रिएका छन ।

प्रधानमन्त्रीको तेस्रो इनिङमा रहेका प्रधानमन्त्री प्रचण्ड आफ्नो यो कार्यकाल सम्झन लायक बनाउने दृढताका साथ अघि बढेका छन । जनताका लागि केहि गरी छाड्ने हुटहुटी प्रचण्डमा छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण, सय किलो सुन प्रकरणको भण्डाफोरदेखि नागरिकको दैनिक जिवनसँग प्रत्यक्ष प्रभाव पार्ने सुशासन, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा सरकारका पछिल्ला प्रयासहरुले आशतित समेत बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डकै भरोषामा मैदानमा उत्रिएका पर्यटनमन्त्री सुदन किराती हुँदै अहिले गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सर्वत्र चर्चामा छन् । आम नागरिकमा व्याप्त राजनीति वितृष्णा केहि चिर्ने प्रयास भएको छ, सरकारप्रति भरोषा जगाएको छ । तर सरकारले गरेको अपनत्व लिने सवालमा भने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र नेताहरु भने चुकिरहेका छन् । यस्तोमा नेतृत्वले गरेको कामको अपनत्व नलिएको आरोप खेपिरहेका माओवादी नेताहरु भने यो तथ्य स्वीकार गर्न तयार छैनन् ।

माओवादी नेताहरुले स्वीकार नगरे पनि प्रधानमन्त्री र मन्त्रीहरुले गरेका कामप्रति पार्टीपंक्तिको असहयोग स्पष्ट छ । प्रचण्डको प्रधानमन्त्री लोभ र गठबन्धन टिकाउने रणनीतिले पार्टीले पाएको पदहरु पनि गठबन्धनको अन्य दललाई सुम्पिँदा मन्त्री बन्न नपाएको झोकमा माओवादी नेताहरु छन । प्रचण्डले आफ्नै नेताहरुको व्यवस्थापन गर्दै पार्टीको सुधार र सक्रियता भन्दा गठबन्धन केन्द्रित हुँदा पार्टी कमजोर उन्मुख देखिन्छ ।

पार्टीभित्र नेताहरुको व्यवस्थापन नहुनु अर्कोतर्फ समाजवादी मोर्चा हुँदै माओवादीमा विप्लवको इन्ट्रीले माओवादीभित्र हलचल नै पैदा गराएको छ । समाजवादी पार्टी पनि माओवादीसँग एकताको चर्चाले माओवादीभित्रको असन्तुष्टि थप झाँगिएको छ । माओवादीभित्र कहिल्यै नमिलेका वर्षमान पुन र जनार्दन शर्माको पछिल्लो उठबसले पनि माओवादीभित्रको आन्तरिक राजनीति थप चासोपूर्ण बनाएको छ ।

माओवादी भित्र कहिल्यै नमिलेका तल्लो तहदेखि नै आ–आफ्नो गुट नै बनाएर राजनीतिमा सक्रिय यी दुई नेता एक ढिक्का भएर मन्त्रीमण्डल नै फेर्नेसम्मको कसरतमा लागेको चर्चा सतहमा छ । यी दुईको सन्तुलन मिलाउन देव गुरुङलाई महासचिव बनाएपछि प्रचण्डसँग रुष्ट यी दुई नेताबीच विप्लवको आगमनले हिमचिम बढेको छ । आफ्नो पार्टी नेतृत्वको सरकारले गरेको कामको तारिफ गर्ने नेताहरु पार्टीभित्रको असन्तुष्टि भने लुकाउन सक्दैन ।

कमजोर राजनीतिक अंकगणित, गठबन्धनभित्रकै धम्कि र प्रतिपक्ष दलको निरन्तरको आक्रमणका बाबजुत आफ्नो परिपक्व निर्णयले प्रतिरक्षा गर्दै आएका छन । प्रतिपक्षको हरेक विरोधमा मुखभरीको जवाफ दिन सफल छन । तथापी माओवादी नेतृत्वको सरकारले गरेको कामहरुमा माओवादीले नै अपनत्व नगर्नुको मुख्य कारणले पद नपाएको आवेग र गृटगत विभाजनको प्रभाव भएको कतिपयको विश्लेषण छ ।

संसदीय राजनीतिमा तेस्रो शक्ति माओवादी केन्द्र सदनको पहिलो शक्तिलाई साथमा लिएर सरकार सञ्चालन गरिरहेको छ । गठबन्धनको भरोषामा प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षलाई एकपछि अर्को अस्त्रले तर्साई रहेका छन । प्रतिपक्षमै रहेका वैकल्पिक शक्तिहरुको मौन समर्थन प्रचण्डलाई छ । यस्तोमा अवसरको फाइदा लिँदै सरकारका एकपछि अर्को महत्वकांक्षी कदममा माओवादी नेता कार्यकर्ताले साथ दिनु जरुरी छ ।