Breaking

१७ गतेपछि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्छुः हिक्मत कार्की


काठमाडौँ — एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले साउन १७ गतेपछि आफूले मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने बताएका छन् । सर्वोच्चको परमादेशले उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै साउन १७ गतेपछि आफूले फेरि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने उनले बताए ।

मुख्यमन्त्रीको हैसियत १७ गतेपछि प्राप्त गर्छु’, उनले भने, ‘तर, अर्को सरकार बनेसम्म मै मुख्यमन्त्री हो । उनले मुख्यमन्त्री चयन प्रक्रिया असंवैधानिक भएको सर्वोच्चको परमादेशले प्रष्ट भएको उल्लेख गर्दै अर्को सरकार बन्नका लागि पनि आह्वान भएको बताए । नयाँ सरकार नबन्दासम्म पुरानै सरकारले काम गर्ने पनि उनको भनाइ छ ।