Breaking

धर्म परिवर्तन र जातीय आरक्षणले मणिपुरको जस्तै द्वन्द्व निम्तिन सक्छ : राजेन्द्र लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बढ्दो धर्म परिवर्तनका कारण नेपालमा पनि भारतको मणिपुर राज्यमा जस्तै जातीय द्वन्द्व निम्तिन सक्ने बताएका छन् ।

मणिपुरमा दुई जातीय समूहबीच दुई महिनादेखि चलेको हिंसात्मक आन्दोलनले ठूलो भौतिक र धनजनको क्षति भइरहँदा लिङ्देनले नेपालको पनि त्यस्तै दशा हुन सक्ने चेतावनी दिएका हुन् ।

उनले आफूले लामो समयदेखि धर्मनिरपेक्षताको आडमा भइरहेको धर्म परिवर्तन र जातीय आरक्षणविरुद्ध बोलिरहेको पनि बताएका छन् । ‘मैले लामो समयदेखि अलोकप्रिय तर एउटा सत्य भन्दै आएको छु…’, उनले भनेका छन्, ‘नेपालमा धर्म निरपेक्षताको आडमा भइरहेको बढ्दो धर्मान्तरण र जातीय आरक्षण कुनै दिन भयानक द्वन्द्वको कारण बन्न सक्छ ।’

उनले धर्म परिवर्तन र जातीय आरक्षणको मुद्दाले नै भारतको मणिपुरमा डरलाग्दो हिंसा भइरहेको बताएका छन्। मणिपुरको नियति आउन नदिन नेपालले बेलैमा ध्यान दिनुपर्ने पनि उनले बताएका छन् ।