Breaking

सरकारी कर्मचारीलाई १ वर्ष लामो सुत्केरी बिदा


काठमाडौँ – नेपालको पूर्वी सीमामा अवस्थित भारतीय राज्य सिक्किमले आफ्ना कर्मचारीहरूको सुत्केरी बिदा बढाएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधवार सरकारी कर्मचारीलाई अब १२ महिनाको सुत्केरी बिदा दिने घोषणा गरे । महिलालाई एक वर्ष सुत्केरी बिदा मिल्दा पुरुषलाई पनि सुत्केरी बिदा बढाएर १ महिना पुर्‍याइएको छ ।

सिक्किमका स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएशन ९एसएससीएसओए० को वार्षिक बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो घोषणा गरेका हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्री यस सुविधालाई कर्मचारीहरुसम्म पुर्‍याउन सरकरी सेवा नियममा परिवर्तन गरिएको छ ।

‘यस फेरबदलले सरकारी कर्मचारीलाई आफ्ना शिशु र परिवारको राम्रोसँग स्याहार गर्ने अवसर मिल्नेछ’, उनले भने । मुख्यमन्त्री तामाङले बाँकी जानकारी चाँडै दिइने पनि बताएका छन् ।

मातृत्व लाभ अधिनियम १९६१ अनुसार महिलालाई ६ महिना तलबसहितको बिदा दिइने प्रावधान छ । सिक्किममा भारतको सबैभन्दा कम अर्थात् ६ लाख ३२ हजार जनसंख्या छ ।