Breaking

मिटरब्याज विधेयक आज राष्ट्रियसभामा टेबुल गरिँदै


काठमाडौँ – प्रतिनिधिसभाबाट पारित मिटरब्याजीलाई कारबाही गर्न कानुनी व्यवस्था गरिएको विधेयक आज राष्ट्रियसभामा टेबुल गरिने भएको छ ।

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ आज राष्ट्रियसभा टेबुल गरिने भएको हो ।

त्यसका लागि आज बिहान ११ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक सुरू हुने संसद् सचिवालयले जनाएको छ ।

हेर्नुहोस् आजको सम्भावित कार्यसूची :