Breaking

पाँचथर दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो


काठमाडौँ – मेची राजमार्ग अन्तरगत पाँचथर खण्डमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका-५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका गए राति निधन भएसँगै मृतकको संख्या ३ पुगेको पाँचथर प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बीएन्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई थप उपचारका लागि झापा लगिएको थियो ।

दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको मंगलबारनै मृत्यु भएको थियो भने फिदिम नगरपालिका-१० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मंगलबार राति उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो ।

झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १४ जना घाइते भएका थिए ।