Breaking

कोशीका मुख्यमन्त्री नियुक्तिविरूद्धको रिटमा फैसला आज


काठमाडौँ – कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको फैसला बिहीवार आउने भएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकेको थियो । तर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

सुनुवाइ सकिएको र बिहीबार अन्तिम आदेश नै गर्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा हालै बनेको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएकाले फैसला महत्त्वपूर्ण मानिएको छ ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।