समाचार

विद्यालय अनुगमनमा जोड दिदै हिमालयन ट्रस्ट


काठमाडौँ – हिमालयन ट्रस्ट नेपालका प्रमुख कार्यकारी व्यवस्थापक लाक्पा तेन्जी शेर्पाले विद्यालय अनुगमनलाई जोड दिएको बताउनुभएको छ । गुणस्तरीय शिक्षामा बढावा दिने उद्देश्यका साथ विद्यालय अनुगमनलाई जोड दिएको उहाँले बताउनुभयो ।

वहाँका अनुसार सोलुखुम्बु जिल्लाको ४६ वटा विद्यालयमा अनुगमन गरिएको साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गरिएको छ ।

हिमालयन ट्रस्ट नेपालले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको विभिन्न सय भन्दा बढि विद्यालयहरूलाई वार्षिक रुपमा शैक्षिक सामग्री सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा सामुदायिक विद्यालयहरूको गुणस्तरीयता अभिवृद्धि गर्न विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिने वहाँको भनाइ छ ।

सामुदायिक विद्यालयका शिक्षकहरूलाई विभिन्न तालिमको आयोजना गरि शिक्षकको क्षमता अभिवृद्धिमा पनि हिमालयन ट्रस्ट सक्रिय रहेको शेर्पाको भनाई छ ।