Breaking

एक क्विन्टल सुन प्रकरणमा थप एक जना पक्राउ


काठमाडौँ – सय केजी सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा बुधबार थप एकजना पक्राउ परेका हुन् । 

राजस्व अनुसन्धान विभागले बुधबार सुरेन्द्र तामाङलाई पक्राउ गरेको स्रोतले जनाएको छ । यो सँगै पक्राउ पर्नेको संख्या १७ पुगेको छ । 

यसै प्रकरणमा बुधबार अपरान्ह प्रहरीले कमलादीस्थित सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा मारेको थियो । 

त्यस लगत्तै बुधबार नै सोह्रखुट्टेस्थित एक गोदामा पनि छापा मारेको छ । उक्त गोदामबाट ६६ काटन ब्रेक शु बरामद गरिएको राजस्व स्रोतले जनाएको छ ।