Breaking

गठबन्धन सरकारलाई गिज्याईरहेको सडक विरोध, पीडितको पीडा नसुन्ने सरकार र संसद कस्तो ?


काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको नजर ठुला भ्रष्टचार प्रकरणमा केन्द्रित छ । एकपछि अर्को भ्रष्टचार प्रकरणको भण्डाफोरले राष्ट्रिय राजनीति जति तरंगित छ आम जनतामा सरकारप्रति उत्तिकै आशा समेत जगाएको छ । तर निरन्तर राज्यसँग न्यायको याचना गरिरहेका नागरिकको पीडामा सरकारले अभिभावकत्व ग्रहण नगर्दा सडक निरन्तर सरकारविरोधी देखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको नजर ठुला भ्रष्टचार प्रकरणमा केन्द्रित छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण हुँदै सय किलो सुन काण्डको भण्डाफोरले राष्ट्रिय राजनीति जति तरंगित छ आम जनतामा सरकारप्रति उत्तिकै आशा समेत जगाएको छ । जनजीविकामा प्रत्यक्ष प्रभाव पार्ने योजनाहरु खासै देखिन्न तर भ्रष्टचारविरुद्ध सरकारले चालेको एकपछि अर्को आक्रमक कदमले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार पशंसा बटुल्न सफल छ ।

तर विडम्बना, भ्रष्टचारजन्य घटनाको अनुसन्धानमा आक्रमक जस्तो देखिएको सरकार नागरिकको सास्तीमा भने उत्तिकै अन्देखा र उदासिन देखिन्छ । न्यायको खोजीमा हप्तौदेखि संघिय राजधानी काठमाडौ आएर भौतारी रहेका यी लघुवित्त पीडित, मिटर व्याजी पीडित,सहकारी पीडितहरुको चरणवद्ध सडक संघर्ष नियाले पुग्छ । माइतीघर मण्डलाको यो क्षेत्र विरोध गर्नेहरुको कब्जामा छ । अनगिन्ती समूह अनेक मागसहित विरोधमा छन ।

संघिय संसद भवन परिसरको नयाँ बानेश्वर क्षेत्र हरेक दिन कुनै न कुनै समुहको विरोध नभएको दिन सायदै नहोला । बुधवार मिटरव्याजी पीडित र लघुवित्त पीडितहरुले आफ्नो विरोध प्रर्दशनलाई थप चर्काएका छन । पीडितहरुको समस्या समधानमा सरकारले सम्बोधन समेत नगर्दा विरोध प्रर्दशन थप आक्रमक उन्मुख देखिन्छ । मिटरव्याजी पीडितहरुको समस्या समधान गर्न विधयक पास गरेर कानुनी प्रक्रियाले प्रवेश पाए पनि सरकारले ल्याएको विधयक साहु महाजन पोस्ने भएको भन्दै मिटरव्याजी पीडित आन्दोलनमा छन ।

गृहमन्त्रीको राजीनामा माग्दै आएका छन । लघुवित्तहरुको ज्याजति अन्त्यको माग गर्दै देशभरका लधुवित्त पीडितहरु काठमाडौ आएर सरकारसँग न्याय मागि रहेका छन । कहिले बालुवाटार,कहिले माइतीघर कहिले संसद भवन घेराउ गर्दै आएका छन ।

पीडितहरुले जोडतोडका साथ सडक तताईरहेका छन । तर यी नै जनताको भोटले संसद छिरेका सांसदहरु आफै यो विषयमा मौन छन । केहि सांसदले यो विषय उठान गरे पनि औपचारिकत जस्तो मात्र देखिएको छ । सरकार केहि आश्वासन दिने सकेसम्म अन्देखा गर्दै आएका छन । कुनै पनि व्यक्ति पीडामा नपरी यसरी सडकमा आउँदैन्न । आफ्नो दैनिकी नै माया मारेर सडकको सास्ती सहनु रहर पक्कै होइन । यसतर्फ सरकार गम्भिर बन्न जरुरी छ ।