Breaking

नारायणकाजीमाथि किन आक्रमक भए ओली ?तस्कर समातिँदा राजिनामा किन ? एमालेलाई डर के को ?


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमाले सरकारप्रति आक्रमक बन्न थालेको छ । कम्वोडियाबाट फर्किएसंगै विमानस्थलबाटै चर्को वोलेर प्रहार सुरु गरेका अध्यक्ष ओलीले यसलाई निरन्तरता दिएका छन । जहाँ प्रतिपक्षीहरु नै एकमत नभएको तथा पार्टि भित्रैपनि बढ्दो असन्तुष्टिकै अवस्थामा संसदमै पनि एमालेले सुन प्रकरणलाई उछालेको हो । देशमा सय केजी सुन बरामद भएपनि उत्पन्न तरंगमा पनि एमाले रानो हराएको मौरी जस्तै भएको थियो ।

अध्यक्ष केपी शर्मा ओली कम्वोडिया भ्रमणमा रहेका वेला भएको यो काण्डमा केहि नेताहरुले गृहमन्त्रीमाथि प्रश्न उठाएपनि त्यो खासै मुद्धा बन्न सकेन । तर यहि शुन्यताकाविच नेपाल फर्किएका ओलीले विमानस्थलबाटै क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाए ।विमानस्थलको सुरक्षाको जिम्मा गृहमन्त्रीको भएको भन्दै अध्यक्ष ओलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी संभव नभएकाले गृहमन्त्रीले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने पनि बताए।‘सुनकाण्डको शिलशिला अन्तिम नपु¥याइ नछोड्ने बताएका उनले कसमाथि कारबाही हुन्छ हेरिरहेको उल्लेख गरे ।

यसै त मन नपरेका गृहमन्त्री त्यहिमाथि सुरक्षाको विषय उठेपनि यसैलाई मुद्धा बनाएका उनले विदेशबाट आएको कार्गो भन्सारले हेर्ने तत्थ्य समेत ख्याल राखेनन् । यद्यपी उप्रधान सहित गृह हाकिरहेका नारायणकाजी मुलुकको राष्ट्रिय सुरक्षासँग जोडिएको विमानस्थलमा प्रहरीको अधिकार नभएको भनेर पन्छिन पाउने अवस्थामा भने छैनन् । अर्कातर्फ ओली सरकारकै पालामा ३३ किलो सुन तस्कारी भएको घटनामा पनि भन्सारकै कर्मचारी जोडिएपछि छानबिन भएको थियो ।

तर उनले न त्यो छानबिन समितिको प्रतिवेदन सार्वजिनक गरे न विमानस्थलमा सरकारी निकायबीच देखिएको बेमेलको वास्ता गरे ।तर विगत विर्सेर यसैलाई आधार बनाँउदै सत्तापक्षमाथि नै खनिएका उनले बुधवार तसत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका नै लगाउन भ्याए । सत्तारुढ दलले नांगो नाच देखाइरहेकाले एमाले चुप लागेर बस्न नहुनेसमेत बताएका उनले यसैलाई मुद्धा बनाएर संसद नै अवरुद्ध गर्ने निर्णय गराएका हुन ।

यसअघिका मुद्धा र एजेण्डाहरु समेत खरानीको डल्ला भएको एमाले प्रधानमन्त्रीको राजिनामासम्मकै हाईपमा पुगेको थियो । प्रधानमन्त्रीको भारतभ्रमणका गतिविधिलाई लिएर प्रतिपक्षीलाई एक ठाँउमा उभ्याएको उसले प्रितम सिंहवाला अभिव्यक्तिलाई सत्ता परिवर्तनको आधार बनाउने जसरी प्रस्तुत भएको थियो । तर त्यसमा पनि पछि हटेको एमालेका हरेक रणनिति फेल खाईरहेका छन भने अहिले त प्रतिपक्षी समेत एक ठाँउमा छैनन् ।

पार्टीगत रुपमा हेर्दा एमालेभित्रको असन्तुष्टि तिव्र छ भने आम नागरिकमा समेत तस्कर समातिदा एमालेको कोहोलो किन भन्ने प्रश्न उब्जिएको छ । यसअघिका खुलेका काण्डका फायलहरुमा समेत एमालेको स्टाण्ट र उसकै नेताहरु पक्राउ परेको उदाहरण समेत ओलीको अहिलेको आक्रमकतालाई आशंकाको दृष्टिले हेरिएको छ । राजनीतिक विश्लेषक प्रा.डा राजकुमार पोखरेल त यसलाई चोरको खुट्टा काट्छु भन्दा चोरले खुट्टा उचालेको संज्ञा नै दिन्छन ।

विमानस्थलको कुनै एक व्यापारीको बढ्दो पहूँच,उसको विवादस्पद विगत र एमालेसंगको उसको सम्बन्धका विच तस्करीको सुन समातिदा एमाले आत्तिनुलाई संयोग मात्र मान्न नसकिने पोखेरेलको भनाई छ । अन्यथा अनुसन्धानकोको निष्पक्षतामा प्रश्न गर्ने र यस्ता मुद्धामा साझा धारणा बनाउनुपर्ने विपक्षी दलले राजनीतिक रंग दिनु उपयुक्त नहुने उनको तर्क छ ।

हुन पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई पुर्वाग्राहको रुपमा हेरेको एमालेले ललिता निवासको फायल किन नखोलेको भन्दै प्रश्न गर्दै आएको थियो । जहाँ कहि जादैनन् भनेका टोपबहादुर रायमाझिा फरार भएपनि नक्कली शरणार्थी प्रकरणमा ओलीको मुखुण्डो उत्रिदा ललिता निवासमा सरकारको कदमले पनि नाजवाफ बनाएको थियो । अहिले सुन तस्करीमा समेत गृहमन्त्रीकै राजिनामा माग्ने ठाँउमा पुगेको उसले थोरै सरकार र धेरै गृहमन्त्रीमाथि नै प्रहार गरिरहेको छ । जसले उसको यो आक्रमकतामाथि समेत प्रश्न उठेको हो ।